युएनडीपीले नेपाललाई १३ अर्ब भन्दा वढि सहयोग दिने

जलवायु परिवर्तनको जोखिममा परेका समुदाय, विपद व्यवस्थापन, ऊर्जामा पहुँच विस्तार, निर्वाचन, संविधान लेखन र आयमूलक अवसर वृद्धिलाई कार्ययोजनाले उच्च प्राथमिकता दिएको छ । युएनडिपीले ऊर्जा क्षेत्र कार्यक्रमबाट २५ हजार ग्रामीण परिवारमा आधुनिक ऊर्जा सुविधा पुर्याउने तथा लघु उद्यम विकास कार्यक्रम कार्यान्वयन गरेर ३० हजारलाई प्रत्यक्षरुपमा लघु उद्यमी बनाइने छ । कार्ययोजनाअनुसार मुलुकका ७५ वटै जिल्लामा गरिबमुखी कार्यक्रम सञ्चालन गरिने छ भने विपद व्यवस्थापनका निम्ति विभिन्न नगरपालिका र ७५ वटा गाउँ विकास समितिको क्षमता अभिवृद्धि गरिनेछ ।
कार्यक्रममा निर्देशक नोडाले प्रस्तुत कार्ययोजनाले ग्रामीण भेगको गरिबी घटाउन र विपन्न महिलाको जीवनस्तर उकास्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
No comments:
Post a Comment