Saturday, April 23, 2016

भुकम्पको बर्स दिन पुग्दै छ नि सुन🌹
घर्चिएको घाउ झनै दुख्दै छ नि सुन🌹

सरकारले राहतको कुरा मात्र गर्दै छ🌹
जनताका आसाहरु सुक्दै छ नि सुन🌹

Tuesday, April 12, 2016

२०७३ मा तपाइको रासिफल



कृष्ण प्रसाद शर्मा


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ  )
नयाँ वर्षले मिश्रित परिणामहरू प्रदान गर्ने योजना बनाएको छ, तीमध्ये कुनै लाभकारी हुन्छन् भने कुनै हानिप्रद । पारिवारिक दायित्व र जिम्मेबारी पूर्ण गर्ने सिलसिलामा केही कठिनाइ आइलाग्न सक्छन्, तर अत्तालिई हाल्नु पर्ने परिस्थिति छैन, प्रयास गर्दा परिस्थितिलाई सम्हाल्न सकिन्छ । आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ, यद्यपि नयाँ लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुनसक्छ । बन्दव्यापारमा नयाँ निवेश र लगानीका लागि उपयुक्त समय छैन, तर गरिआएको कारोबारबाट लाभ नै हुनेछ । उता अनावश्यक खर्चमा पनि नियन्त्रण गर्नु पर्छ । वित्तीय कारोबार र सेयर मार्केट पक्षमा रहने देखिंदैन । घरायसी सम्बन्ध विस्तारका लागि समय निकाल्नु राम्रो हुन्छ, प्रेम र स्नेहको वातावरण बनाउनु पर्दछ । यो वर्ष प्रेम र भावनाको कदर हुने वर्ष हो । पति वा पत्नीका साथमा धेरै समय खर्चनु राम्रो हुन्छ, नत्र आपसी समन्वयको अभावमा अनपेक्षित दुर्घटना हुने सङ्केत छ । अगस्ट महिनापछि बृहस्पति छैठौं हुने भएकाले केही नकारात्मकता देखा पर्न सक्छ, त्यसपछि वर्षभरि सतर्कता अपनाउनु पर्छ । समग्रमा मेष राशिका जातकले समुज्वल भविष्यका निमित्त वर्षको पूर्वार्द्धमा खट्नु नै परिणामदायक देखिन्छ ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
बृष राशिका जातकका लागि नयाँ वर्ष  पूर्ण रूपले आफ्नो पक्षमा रहने छ । सँगीसाथी, सहयोगी र पति÷पत्नीको सहयोग र प्रेरणाले व्यापार÷व्यवसाय र दैनन्दिनीको क्षेत्रमा सघाउ पुुग्नेछ । यस प्रेरणाले कुनै कठिन र अप्ठ्यारो परिस्थितिबाट बाहिर निस्कन वा ती परिस्थितिको सामना गर्न मद्दत गर्नेछ । दाम्पत्य जीवन, रतिराग, प्रेम÷प्रणयसम्बन्ध आदि क्षेत्रमा भरपूर आनन्द प्राप्त हुनेछ । जसले नयाँ व्यवसाय वा नोकरी थाल्नुभएको छ, तिनलाई वर्षको पूर्वार्द्धमा केही कठिनाइ हुनसक्छ, तर वर्षको उत्तरार्द्ध भने अनुकूल नै हुनेछ । यो वर्ष रिस, राग, आवेश, उत्तेजना र कामुकतामा नियन्त्रण राख्नुपर्ने वर्ष हो, अन्यथा बेकारको झन्झटमा फँस्न सक्नुहुन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । आफूले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुने वर्ष हो, यो । पाँचौं राहुले पाचनप्रणाली र नसाको रोग बल्झाउने सम्भावना छ, छोराछोरीको क्रियाकलाप पनि सन्तोषजनक रहने छैनन् । उता सातौं शनिश्चरले दाम्पत्यकलहको सम्भावना औंल्याउँदै छ, सचेत रहनु होला । समग्रमा नयाँ वर्ष २०७३ लागि खुसी, उमङ्ग र हर्ष लिएर आएको छ, तर मात्तिनु र पात्तिनु हुन्न, नत्र यो वर्ष सङ्कटको वर्ष पनि बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भनिन्छ जीवनको अर्को नाम संघर्ष हो, मिथुन राशिका जातकका लागि यो वर्ष यिनै पंक्तिले बताएका कुरा लागु हुनेछन् । वर्षको केही समय कठिनाइको सामना गर्नुपर्छ भने अर्कोतर्फ कुनै पल यति महत्त्वपूर्ण बन्नेछन्, जुन सधैंसधैं स्मरणयोग्य हुनेछन् । दाम्पत्यसम्बन्धमा सुमधुरता कायम हुनेछ, तर समग्र पारिवारिक स्थिति भने सन्तोषजनक हुँदैन । त्यसैले यस वर्ष जीवनसाथीलगायत घरपरिवारका अन्य सदस्यहरूसित पनि तालमेल बनाउनु आवश्यक छ । स्वास्थ्यमा केही उतारचढाव देखा पर्नेछ, नियमित व्यायाम र संतुलित आहारप्रति सजग हुनुपर्छ । कुनै किसिमको ऋण लिनु वा दिनु राम्रो हुँदैन । आयमा कमी आउने सम्भावना छ, अतः जतिसक्दो खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । उता बन्दव्यापारमा लागेका हरूले राम्रो मुनाफा कमाउने छन्, तर कुनै अवैध वा गैरकानुनी मानिने वस्तुप्रतिको आकर्षणले धोका दिनसक्छ । यो वर्ष आफ्ना प्रियतमसँग बितेको समय पछिसम्म यादगार रहन सक्छ । भ्रमण, पर्यटन र घुमघाममा समय र धन खर्च हुने सङ्केत छ । सरकारी कामकाज र राज्यपक्षका काममा सफलता हासिल हुनेछ । वैदेशिक रोजगारीबाट लाभ लिन सकिने छ । केही छिटपुट विषयलाई नलिने हो भने समग्रमा यो वर्ष निमित्त राम्रो र असल वर्ष साबित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भनिन्छ प्रयास गर्नेले कहिल्यै हार मान्नु पर्दैन । कर्कट राशिका जातकका लागि याे बर्ष थोरै कठिनाइ र झन्झट लिएर उपस्थित भएको देखिए पनि लगनशीलता, मिहिनेत र परिश्रमका बलमा तिनले जीवनका विविध आयाममा सफलता प्राप्त गर्न सक्नेछन् । दाम्पत्यसम्बन्धमा सुधार हुनेछ र निजी जीवनको भरपूर आनन्द प्राप्त हुनेछ । अलिबढी अन्तर्मुखी र व्यक्तिवादी हुने भय भएकाले घरपरिवारका सबै सदस्यसित सामञ्जस्य स्थापना गरी व्यवहार गर्नु राम्रो हुन्छ । स्वास्थ्यप्रति ध्यान दिनुपर्छ । आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्दव्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेसा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ । अविवाहित हुनुहुन्छ भने कुनै विशेष व्यक्तिप्रति प्रेम जागृत हुनसक्छ तथा विवाहित हुनुहुन्छ भने दाम्पत्यसम्बन्धमा प्रगाढता आउने छ । दाजुभाइ र माइतीपक्षबाट सुखद समाचार प्राप्त हुने सम्भावना छ । वर्षको सुरुमा रहेको चौथो मङ्गलले मातापिता र अभिभावकवर्गको स्वास्थ्यप्रति सचेत रहने सङ्केत गर्दछ । समग्रमा सुझबुझ र मिहिनेतको बलले आफ्नो पक्षमा ल्याउन सकिने वर्षको सुरुवात भएको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ वर्षले केही विशेष उपहारहरू साथमा लिएर सिंह राशिका जातकहरूलाई स्वागत गर्दैछ । जीवनका विविध आयाम र क्षेत्रबाट खुसी र प्रसन्नताका लक्षणहरू प्राप्त हुनेछन् । पारिवारिक सम्बन्ध र मित्रताको भरपूर आनन्द प्राप्त हुनेछ । निजी जीवनमा खुसीको वर्षा हुनेछ र जीवनसाथीले भरपूर सहयोग प्रदान गर्नेछन् । सामान्यतया स्वास्थ्यस्थिति सकारात्मक नै रहने छ, तर चिल्लोचापिल्लो, मिठाइ र माछामासु जस्ता गरिष्ठ आहार र मदिरापानबाट जोगिनु राम्रो हुन्छ । नत्र रोगव्याधिले सताउन सक्छ । उता राहुले मुखमा निवास गरेको हुँदा मुखलाई नियन्त्रणमा लिनु राम्रो हुन्छ, कहिलेकाँही आफ्नै मुखका कारण बन्न लागेको काम पनि बिग्रिने सम्भावना अत्यधिक छ । आर्थिक पक्ष सन्तुलित नै रहने छ, मूलधनमा निरन्तर बृद्धि भइ रहने छ । पेसा, व्यवसाय र बन्दव्यापार गर्नेका लागि पनि लाभप्रद समय छ । कार्यक्षेत्रमा साख यथावत रहने छ, हाकिमले कामधन्दा र प्रयासको प्रशंसा गर्नेछन् र यश, सम्मान र जस पाउनुका साथै पुरस्कार समेत प्राप्त हुनेछ। प्रेमसम्बन्धका साथै दाम्पत्य सुखको भरपूर आनन्द प्राप्त हुनेछ । वर्षको पूर्वार्द्धमा अविवाहितको विवाह, बेरोजारको रोजगारी, बेकामेले काम पाउने ग्यारेन्टी दिन सकिन्छ, तर वर्षको उत्तरार्द्धमा बृहस्पति आठौं भावमा जाने भएकाले बढी आशावादी हुनु राम्रो हुँदैन ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ वर्षले मिश्रित प्रभाव पार्ने सङ्केत छ । वर्षको सुरुमा केही नकारात्मक र तनावग्रस्त परिस्थितिको सिर्जना हुनसक्छ, तर उत्तरार्द्ध भने प्रतिष्ठा अभिबृद्धि गर्ने समय रहने छ । सुरुमा प्रेमी वा जीवनसाथीसितको सम्बन्धमा तिक्तता आउनसक्छ, अन्य परिवारजनसित समेत विवाद हुनसक्छ । क्रोध र अहङ्कारलाई त्यागेको बेस हुनेछ । यस अवधिमा आफ्नो स्वास्थ्यप्रति समेत सचेत रहनुपर्छ । राशिमा विचरणशील राहुले किसिमकिसिमका समस्या प्रदान गर्नेछ । वर्षको सुरुमा राशिस्वामी बक्री भएकाले सफलता प्राप्तिमा ढिलाइ हुनसक्छ, तर दूरदराज वा वैदेशिक प्रयोजनका रोजगारी वा बन्दव्यापारबाट लाभ मिल्नेछ । त्यस्तै बृहस्पति बाह्रौं घरमा अवस्थित छ, जसले आर्थिक सङ्कटको सङ्केत गर्दैछ, तर अगस्टदेखि आफ्नै राशिमा बृहस्पति आउनाले हाँकेका, ताकेका र इच्छाएका परिणाम प्राप्त हुनेछन्, त्यसैले वर्षको उत्तरार्द्धमा बेरोजगारले रोजगारी, अविवाहितले दाम्पत्यसुख, बृद्धबृद्धाले तीर्थाटनको लाभ र बेकामेले काम पाउने सङ्केत छ । बन्दव्यापारमा लागेका व्यक्तिले अगस्टभन्दा पहिले निकै तनाव झेल्नुपर्छ । तर त्यसपछि वर्षको सुरुमा देखिएका कमीकमजोरी र घाटालाई पूर्ति गरी उन्नति गर्ने अनुकूलता आउने छ । समग्रमा कन्या राशिका जातकका लागि वर्षको सुरु आफ्नो पक्षमा नरहे पनि वर्षको अन्तिम चरणले खुसी, उमङ्ग र उत्साह सिर्जना गर्ने सङ्केत देखिंदैछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ वर्ष  महत्त्वाकांक्षा पूर्ण गर्ने अवसरका रूपमा आएको छ । स्वतन्त्र व्यवसाय गर्ने एवं सानो परिवारमा बस्ने तुला राशिका जातकले यो वर्ष राम्रै उपलब्धी हासिल गर्नु हुन्छ । तर ठूलो साझेदारीमा कारोबार गर्न र संयुक्त परिवारका दायित्व निर्वाह गर्न भने यो वर्ष कष्टकर हुने सङ्केत छ । त्यसैले ठूलो साझेदारीमा काम गर्दै हुनुहुन्छ वा संयुक्त परिवारमा बस्नुहुन्छ भने यो वर्ष निकै सावधान हुनुपर्छ । सन्ततिपक्षका समस्यामा केही समय खट्नु पर्नेछ । नोकरी र बन्दव्यापारमा लागेकाहरूले वर्षकोे प्रारम्भमा गरेको प्रयासबाट राम्रो लाभ लिन सक्नुहुन्छ । अगस्टपछि बृहस्पति बाह्रौंमा जाने भएकाले परिस्थिति प्रतिकूल बन्नसक्छ । शनिको साढेसातीको अन्तिम चरणमा रहनु भएकाले मुखलाई नियन्त्रण गर्नु राम्रो हुन्छ, झैझगडा र मुद्दामामिलामा सरिक हुने स्थिति आउनसक्छ । पुराना रिनसापटी चुक्ता गर्न वर्षको उत्तरार्द्धमा झन् गाह्रो हुने भएकाले सुरुको ७ महिनाभित्रै प्रयास गरेको जाति हुन्छ । प्रेम र प्रणयप्रसङ्गमा शुभ सङ्केत छ, प्रियतमसित नै लामो समय व्यतीत हुनेछ, आपसी समन्वयको कमी रहने छ । शारीरिक सुख र स्वास्थ्यस्थितिमा सुधार आउने छ, वर्षको अन्त्यमा धार्मिक, सामाजिक र माङ्गलिक काममा धन खर्च हुने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बृश्चिक राशि हुने जातकका लागि नयाँ वर्ष व्यापक रूपमा अनुकूल हुने सङ्केत छ, तर धैर्यता, संयमता र अनुशासनको पालना गर्नु अनिवार्य छ । जीवनसाथीसित कहिलेकाँही उथलपुथल र तीतोमीठो हुनसक्छ, त्यसैले सामञ्जस्य स्थापनाका लागि परिस्थिति विपक्षमा रहेको अनुभूति हुनासाथ धैर्य र हिम्मतका साथमा अघि बढ्नु राम्रो हुनेछ । त्यसो घरपरिवारमा अभिभावक वर्ग एवं मातापिताको सहयोग प्राप्त हुनेछ । बरु सन्ततिपक्षमा केही समस्या देखिनसक्छन्, पठनपाठन र सुस्वास्थ्यका लागि धनलगानी गर्नुपर्छ । अल्छीपन र आलस्यले डेरा जमाउन सक्छ, बन्दव्यापार र नोकरीका क्षेत्रमा उत्साह र स्फूर्तिको कमीले काम बिग्रने सम्भावना छ । व्यापारीहरूले अगस्टभन्दा पहिले धननिवेश गर्नु त्यत्ति राम्रो हुँदैन, तर त्यसपछि राज्यस्थानमा बृहस्पति जाने भएकाले पूँजी निवेश र लगानीको राम्रो वातावरण प्राप्त हुनेछ । उता शनिश्चर तपाईंको राशिमा छ, त्यसैले ज्यादा महत्त्वाकांक्षा देखाउनु पनि राम्रो हुन्न । कार्यक्षेत्र, घरपरिवार र आन्तरिक समस्यामा धेरै समय व्यतीत हुनाले उन्नतिप्रगतिमा बाधा पुग्नसक्छ । घरायसी जीवन र प्रेम तथा प्रणयप्रसङ्गमा धैर्यता र संयमताको खाँचो छ, फकाउने फुल्याउने काममा धेरै अल्मलिनु पर्ने सङ्केत छ । जोखिमयुक्त र गैरकानुनी कामभन्दा टाढा बसेको नै जाति हुन्छ, नत्र ठूलो षड्यन्त्रमा समेत फँस्न सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नववर्ष  को सम्पूर्ण समय धनु राशिका जातकका लागि मिश्रित परिणाम प्राप्त हुने समय हो । राशिपति बृहस्पतिले वर्षभरि भाग्यभाव र कर्मक्षेत्रमा विचरण गर्दैछ । बाह्रौं शनिश्चर भएकाले स्वास्थ्यसम्बद्ध केही समस्या देखिन सक्छन्, साथै बन्दव्यापार र कारोबारमा आर्थिक कठिनाइ हुनसक्छ, तर अत्तालिनु पर्दैन । करकुटुम्ब र साथीसँगीसित विवाद र मनमुटावको सङ्केत छ, सचेत रहनु होला । घरवरिपरिको पर्यावरण र खाद्यान्नको सरसफाइ एवं ताजगीप्रति सचेत हुनु राम्रो हुन्छ, यो वर्ष पाचनप्रणाली र संक्रमणका कारण रोगग्रस्त हुने सम्भावना छ । नवीन पेसा वा रोजगारीका लागि गरेको प्रयास सफल हुनेछ । देशपरदेशको भ्रमणबाट लाभ नै हुनेछ । कार्यरत कर्मचारीको पदोन्नति र तलबसुविधामा बृद्धि हुने सम्भावना छ । बन्दव्यापारमा राम्रै छ, तर धोखाधडी र जालसाजीबाट जोगिनु पर्छ । आर्थिक हैसियत राम्रै हुनेछ, तर ऋणसापटी र लेनदेनमा सतर्क रहनु राम्रो हुन्छ । पूँजी निवेश र लगानीका लागि वातावरण राम्रो छ, तर नयाँ मानिस, नयाँ ठाउँ र नयाँ कम्पनीमा कारोबार नगर्नु राम्रो हुन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ । समग्रमा धनु राशिका व्यक्तिहरूले यो वर्ष सचेत र संयम भई काम गर्दा राम्रो लाभ प्राप्त गर्न सक्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
याे बर्ष मकर राशिका जातकले व्यक्तिगत स्वास्थ्यस्थिति र पारिवारिक जीवनका केही समस्याबाहेक समग्रमा राम्रै परिणाम प्राप्त गर्ने सम्भावना देखिन्छ । जीवनसाथी र परिवारजनमा असन्तुष्टि र खटपट यथावत रहने छ । समस्या समाधानका लागि अत्यन्त सावधान हुनुपर्छ, किनभने व्यक्तिगत समस्यालाई बल्झाउन घरपरिवारकै र नजिकैका मानिसहरू सक्रिय देखिएका छन् । बोलीवचनमा संयमता अपनाउनु होला । कामको चाप र तनाव बढ्ने छ, तर चिन्तित हुनु र असंयमित हुनु लाभप्रद हुँदैन, उल्टै मानसिक सन्तुलन गुम्ने डर हुन्छ, टाउको दुख्ने समस्या बल्झिन सक्छ । उता पाचनप्रणालीमा पनि राम्रो सङ्केत छैन । वर्षको सुरुमा आठौं बृहस्पति रहेकाले पितामाताको स्वास्थ्यप्रति समेत सचेत हुनुपर्छ । तर आफूमुनिका नातेदार र छोराछोरीका तर्फबाट खुसीको समाचार सुन्न पाइने छ । यसबाहेक बन्दव्यापार र नोकरी गर्नेका लागि यो वर्ष केही राम्रा परिणाम प्राप्त हुनेछन् । कार्यक्षेत्रमा प्रशंसा पाइने छ । व्यापारीले सरकारी कारोबारबाट लाभ पाउने छन्। वैदेशिक क्षेत्र, आयातनिर्यातका कारोबारबाट उन्नति हुनेछ । अगस्टपछि बृहस्पति भाग्यभावमा आउने र राशिको मालिक शनिश्चरको वर्षभरि पूर्णदृष्टि रहने भएकाले अत्तालिने परिस्थिति छैन, धैर्य, संयम र नियन्त्रित भई व्यवहार गर्न सकेमा सबै पक्षमा राम्रो प्रतिफल पाउन सकिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका जातकका लागि नयाँ वर्ष को सुरुको सात महिना अत्यन्त शुभ सङ्केत लिएर उपस्थित भएको छ । जीवनका विविध आयाममा महत्त्वपूर्ण उपलब्धी र सुखसम्मृद्धि प्राप्त हुनेछ । वर्षको सुरुमा केही समय आठौं घरमा बक्री बृहस्पति हुने भएकाले केही कठिनाइ र झन्झट आइलाग्न सक्छन्, तर समग्रमा समय असल नै रहने छ । गृहस्थी जीवनमा नयाँ वर्षमा सामान्य संवेदनशीलता अपनाए हुन्छ । वर्षको अधिकांश समय बृहस्पति सातौं भावमा हुने भएकाले प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा सुमधुरता प्राप्त हुनेछ । वैदेशिक क्षेत्रका कामबाट लाभ मिल्ने सम्भावना छ । स्वास्थ्य सबल नै छ, तर यौन, गुप्ताङ्ग वा पाचनशक्तिका समस्याले दुःख दिने सम्भावना भने देखिन्छ । आर्थिक पक्ष बलियो बन्नेछ, वित्तीय कारोबारबाट लाभ मिल्नेछ । सँगीसाथी र घरपरिवारका सदस्यहरूले सकेको सहयोग गर्नेछन् । नयाँ ठाउँमा लगानी वा पूँजी निवेशको सम्भावना देखिन्छ । यो वर्ष तपाईंको लगनशीलता, मिहिनेत र परिश्रमको परीक्षणको समय हो । नोकरी र बन्दव्यापारमा लागेकाहरूका लागि अझ धेरै राम्रो छ । पदोन्नति र आर्थिक लाभ हुनेछ । समग्रमा नयाँ वर्षले तपाईंको परिश्रमको सम्पूर्ण शुभ परिणाम प्रदान गर्ने सङ्केत छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका जातकका लागि नयाँ वर्ष ले मानसम्मान र इज्जतप्रतिष्ठा प्रदान गर्ने सङ्केत छ । सामान्यतया सबै क्षेत्रबाट मिश्रित परिणाम प्राप्त हुनेछन् । तर राशिमा विचरणशील केतुका कारण केही अप्ठ्यारा र उल्झन यथावत रहने छन् । वर्षको सुरुमा राशिको मालिक बक्री हुने र अधिकांश समय छैठौं घरमा बस्ने भएकाले घरगृहस्थी सञ्चालनमा केही समस्याहरू देखिन सक्छन् । उता बन्दव्यापार र व्यापारिक प्रतिष्ठानमा पनि केही विवाद र समस्या देखिन सक्छन् । अप्रत्याशित ढंगले खर्चको मात्रा बढ्नसक्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आन्द्रा, कलेजो र मिर्गौला यस वर्षका लागि कमजोर अङ्ग हुनेछन् । तर अगस्टपछि एकाएक समय तपाईंको पक्षमा आउने छ । परिवारमा खुसीको वातावरण सञ्चरण हुनेछ, कारोबारमा गतिशीलता आउने छ । नयाँ उद्योगधन्दा र प्रतिष्ठानतर्फ ध्यान केन्द्रित हुनेछ । नोकरी र बन्दव्यापारमा लागेकाहरूले प्रारम्भका केही समय सामान्य विघ्न र बाधा ब्यहोर्नु पर्छ, तर दिन बित्दै जाँदा परिस्थितिमा सुधार हुँदै जान्छ । समग्रमा यो वर्षको सुरुमा केही उल्झन, तनाव र अप्ठ्यारा भोगेर अगस्ट महिनापछि सबै पक्षमा सुधार हुनेछ । प्रेमसम्बन्ध, पेसा वा व्यवसाय, नोकरी, शिक्षादीक्षा, घरपरिवार सबै पक्षमा वर्षको उत्तरार्द्धमा शुभफल प्राप्त हुने सङ्केत छ।

Thursday, March 24, 2016

तीन दशक नेपाल चीन र भारत

वि.सं.२०१५ सालको आम निर्वाचनमा वीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले दुई तिहाई बहुमत ल्यायो । राण शासनपछिको दश वर्ष अस्थिरताको दुश्चक्र तोडेर नेपाललाई सुस्थिर लोकतन्त्र र आर्थिक विकासको बाटोमा डोर्याउने अवसर निर्माण भयो । प्रधानमन्त्रीका रुपमा बीपी कोइरालाका कदमहरु यसै मार्गमा अग्रसर थिए ।  ५७ वर्ष अघि बीपीको आर्थिक विकासको सपनासँंग चीन र भारतको सहयोगको आकांक्षा आज जसरी नै जोडिएको थियो । आजको भूराजनीतिक सन्तुलन भन्दा त्यसबेलाको विश्व व्यवस्थामा सोभियत संघ र अमेरिकी खेमाको कित्ताकाट प्रष्ट थियो । यसले नेपाल जस्तो सानो र भर्खर विश्व रंगमञ्चमा आफ्नो उपस्थिति जनाउँंदै गरेको राष्ट्रले लिनुपर्ने परराष्ट्र नीतिमा प्रष्टता ल्याउन पनि सजिलो थियो । मुलतः नेपाल दुवै प्रतिस्पर्धी कित्ताबाट अलग हुँंदै असंलग्न आन्दोलनको बाटोमा लाग्यो । भारतले सोभियत र असलंग्नताका दुवै नाउमा खुट्टा राख्यो ।  बीपी कोइराला प्रधानमन्त्री हुनासाथ उनले निर्माण गर्न चाहेको स्वतन्त्र नेपाली राष्ट्रियताले भारतीयहरुको मनमा अनावश्यक चिसो पस्यो । भारतीय संचार माध्यमले वीपी विरुद्ध आगो ओकले, उनलाई चीन परस्त भएको आरोप लगाए, भारतीय मित्रताको घात गरेको संज्ञा दिए । यो सब यसकारण थियो कि बीपीले तत्कालीन भारतीय प्रधानमन्त्री  जवाहरलाल नेहरुसँंग मित्रताका वावजुद भारतीय हस्तक्षेपको चाहनालाई तिरस्कार गर्ने हिम्मत गर्न सके ।  अव बैशाख लाग्नासाथ मादल बज्न थाल्नेछ र सडकमा नयाँ वितण्डा खडा गरिने सम्भावना छ । भारतीयको दृष्टिमा नेपाल र चीनबीच नहुनु पर्ने सम्झौता भइसक्यो । यसलाई ढिलो गर्न र ‘डाइल्युट’ उसका शिखण्डीहरुले मैदानमा ताण्डव गर्न सक्छन् । संसदीय खेलमा नयाँ नयाँ आविश्कारहरु हुन सक्छन् ।  बीपीकै नेतृत्वमा रहेको नेपालभित्र भारतले खेल्न नखोजेको वा नसकेको भने होइन । त्यसवेलाका भारतीय राजदूत भगवान सहायको रवाफ र पहुँंचका अगाडि अहिलेका भारतीय राजदुतहरु निरिह लाग्छन् । बीपीकै ‘संस्मरण’ सम्झंदा भागवान सहाय नेपाली प्रधानमन्त्रीसँंग रिसाउन सक्थे, कुनै पनि वेला दौडेर नारायणहिटी वा सिंहदरवार पस्न सक्थे । अरु त अरु उनको विदाईमा प्रधानमन्त्री बीपी स्वयंले पार्टी नदिएकोमा पनि उनी बेखुसी हुन सक्थे । प्रतिफल के हुन्थ्यो भने उप–प्रधानमन्त्री सुवर्ण शमसेरले आयोजना गरेको विदाई भोजमा प्रधानमन्त्री बीपी कोइरालालाई एक घण्टा कुराएका थिए उनले । बीपी, जो नेहरुका व्यक्तिगत मित्र पनि थिए, उनलाई त्यसरी अपमानित गर्नु चानचुने हिम्मतको कुरा थिएन । व्यक्तिगत तहमा यो हदको अशिष्टता प्रस्तुत गर्ने कुटनीतिज्ञले राजनीतिक खेलमा के गर्न सक्थ्यो,  अनुमान गर्न सकिने भन्दा परको विषय हो ।  एकातिर भारतीय दबदबा र अर्कोतिर राजा महेन्द्रको महत्वाकांक्षाका वीचमा प्रधानमन्त्री वीपीको भारत भ्रमण भयो । भ्रमणका दौरान वीपीलाई भव्य आतिथ्यता र सम्मान प्रकट गरियो । पटनाबाट सुरु भएको उनको भ्रमणमा खुला र्यालीहरु आयोजना गरिए, जहाँ र्यालीहरुलाई वीपीले संवोधन गर्थे । संवोधनमा उनको उद्देश्य हुन्थ्यो–भारतमा बीपी स्वयं र नेपाल विरुद्ध गरिएको प्रचारवाजीको खण्डन गर्ने । यसै सन्र्दभमा दिल्लीको लालकिल्लामा आयोजित सभामा उनले भने–‘छातीमा हात राखेर भन्नुहोस, यो सभामा उपस्थित कतिजनालाई आफ्नो देशको माया छ ? यदि एक जनाले पनि  देशको माया ‘छैन’ भन्छ भने मलाई त्यसप्रति घृणा छ । हो, ठीक त्यसरी नै मलाई पनि मेरो देशप्रति माया र सम्मान छ । ’ नेपालको स्वतन्त्रता र सार्वभौमिताको सम्मानका निम्ति भारतीयहरुलाई विश्वस्त पार्ने उनको प्रयास थियो । भर्खरै विदेश सम्बन्ध विस्तार गर्दै गरेको नेपालले त्यसबेला बीपीको र पछि राजा महेन्द्रको प्रयासबाटै भुटान, सिक्किम वा तिब्बतको भन्दा फरक व्यक्तित्व निर्माण गर्न सक्यो ।  भारत भ्रमणको एक वर्ष वित्दा नवित्दै बीपी कोइराला अपदस्त गरिए ,लोकतन्त्रको पनि हत्या गरियो । यो प्रतिगमनमा राजा महेन्द्रको केन्द्रीय भूमिका थियो र भारतको अप्रत्यक्ष सहयोग थियो । यसको अन्तर्य थियो–बीपीले नेपाललाई स्वतन्त्र पहिचानको बाटोमा डो¥याए । तर, राजा महेन्द्रबाट नेपाली सार्वभौमसत्ता झनै मुखरित भयो । किनभने बीपीले अघि सारेको विचार र अडानबाट पछि हट्न सकिने विषय थिएन । नेपाली जनता भोकभोकै संघर्ष गर्न राजी थिए, छन् , झुक्न तयार थिएनन्, छैनन् ।  मधेश केन्द्रित दललाई मोहरा बनाएर थोपरिएको नाकाबन्दीले पहिले  जस्तो नेपालमा न सरकार ढल्यो, न त उसका शिखण्डीहरु नै सत्तारोहण गर्न सके । यद्यपी बीपीलाई चीनपरस्त भएको आरोप लगाएर लखेटे झैं भारतीय संचार माध्यमले आजको नेपाल र प्रधानमन्त्री ओलीको उछितो काढ्न छाडेका छैनन् ।  भारतपछि बीपी चीन भ्रमणमा गए, जहाँं उनले नेपाल–चीन सिमा विवाद लगायतका विषयहरुमा सफलतापूर्वक नेपालको पक्ष राखे । नेपाल–चीन शान्ति तथा मैत्री सन्धि भयो । तर यो भन्दा पनि रोचक चीनियाँ प्रधानमन्त्री चाउ एन लाईको नेपाल भ्रमण थियो । नेपाल भ्रमणको अन्त्यमा आयोजित पत्रकार सम्मेलनमा प्रेस ट्रष्ट अफ इन्डियाका पत्रकार एम.पी.टण्डनको उत्तेजक प्रश्न थियो– ‘महामहिम, तपाईको हरेक देशसँंग झगडा छ । नेपालसँंग चाहीँ मित्रता कायम गर्न सक्नुभयो ? ’ चाउले टेबुल ठोकेर आक्रोशित हुँंदै  जवाफमा भनेका थिए– ‘नेपालसँंग केका निम्ति झगडा ? हामी यति ठूलो देश छौ, नेपालले केही सय बर्ग किमि जमीन दावी गरे हामी खुसीसाथ छोडिदिन्छौं । किनभने नेपालसँंग हाम्रो मित्रता जमीनभन्दा ठूलो छ ।’ हुन पनि त्यो वेला सुल्झिएको सीमा विवाद चीनसँंग सितिमिति बल्झिएको इतिहास छैन ।  वीपीकै समयदेखि चलेको परम्परा निभाउँंदै वर्तमान प्रधानमन्त्री केपी ओली एक महिना अघि भारत भ्रमणमा गए । जहाँं उनले नेपाली राष्ट्रियता र सार्वभौमिकता सर्वोपरी राखेर नेपालको अडान प्रस्तुत गरे । राजकीय हैसियतको भ्रमणमा उच्च कुटनीतिक आचरण प्रदर्शन गर्दै भारतले पाँंच महिने नाकावन्दीमार्फत गरेको गल्ती सच्याउने प्रयास गर्यो । नेपालका निर्वाचित प्रधानमन्त्रीलाई सम्मान दिएर भारतले नेपाली सार्वभौमिकताप्रति सम्मान प्रकट गरेकै हो । तैपनि उसले नेपाली संविधानसभा मार्फत बनेको नयाँं संविधानलाई स्वागत गर्ने उदारता देखाउन सकेन । मधेश केन्द्रित दललाई मोहरा बनाएर थोपरिएको नाकाबन्दीले पहिले  जस्तो नेपालमा न सरकार ढल्यो, न त उसका शिखण्डीहरु नै सत्तारोहण गर्न सके । यद्यपी बीपीलाई चीनपरस्त भएको आरोप लगाएर लखेटे झैं भारतीय संचार माध्यमले आजको नेपाल र प्रधानमन्त्री ओलीको उछितो काढ्न छाडेका छैनन् ।  ठीक यही सन्दर्भमा प्रधानमन्त्री ओलीको चीन भ्रमण जारी छ । भ्रमणको तीन दिनभित्रै केही चमत्कार भएका छन् । इतिहासमा पहिलो पल्ट नेपाल र चीनवीच व्यापार र पारवहन संझौता भएको छ । भ्रमणका क्रममा जारी १५ बुँंदे संयुक्त वक्तव्यमार्फत चीनले नेपालको नयाँं संविधानको खुलेर स्वागत गरेको छ । जसरी बीपीको समयमा चाउ एन लाईले टेबल ठोकेर नेपाली अनुरोध खुल्ला दिलले स्वीकार्ने उद्घोष गरेका थिए, त्यसरी नै आजको चीन नेपालसँंग पेट्रोलियम कारोवार गर्न तयार भएको छ । चीनमा तीब्र रुपले भइरहेको आर्थिक विकासको प्रतिफल नेपालसँंग रेल र व्यापारमार्फत साझा गर्न चीन तत्पर भएको छ । जलविद्युत र सीमापार प्रशारण लाईन निर्माणमा लगानी गर्न पनि चीन राजी भएको छ ।  प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान प्राप्त गरिएका यी उपलब्धी दूरगामी महत्वका छन् । आँंट र साहस प्रदर्शन गर्न सके नेपालप्रति अवसर छन् भन्ने तत्थ्य यसले प्रमाणित गरेको छ । हिजोसम्म ओलीको आलोचना गर्ने नै आज भन्न थालेका छन्– चीनसँंग भएको यो सम्झौता वास्तवमा बीपीले विसं. २०१६ सालमा गरेको नेपाल–चीन शान्ति तथा मैत्री सन्धी पछिकै सबैभन्दा महत्वपूर्ण हो । वा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरे जत्तिकै महत्व यसको छ ।  लुम्बिनीसम्म रेल पुग्दा समग्र मधेसको कायापलट हुन्छ भने माथिल्लो अरुणको जलविद्युतले हाम्रो घरेलु आवश्यकता पूरा हुन्छ । यातायात र तेल सम्झौताले भारतमाथिको एकल निर्भरतालाई समाप्त पारिदिन्छ । अव यी सम्झौताको द्रुत कार्यान्वयनको बाटोमा सरकार लाग्नुपर्छ ।  हो, आज सम्झौता भएको छ । तर, अन्तरदेशीय सम्झौताहरु कार्यान्वायन हुन सयम लाग्छ । भविष्यमा जतिवेला उत्तरबाट रेल नेपाल प्रवेश गर्न थाल्छ वा तेल आउन थाल्छ, नेपाली भावी पिंढीले केपी ओलीलाई झन झन सम्मान गर्न थाल्नेछ । चीनबाट केही दिनपछि नेपाल फर्कदा नै केपी ओलीको कद थप उँंचो भएको हुनेछ । उनको सरकारका तमाम कमजोरीका बाबजुद उनीप्रति जनताको विश्वास अहिले ह्वात्तै बढेको छ ।  यसको अर्थ प्रधानमन्त्री ओली नेतृत्वको सरकार सर्वगुण सम्पन्न छ भन्ने होइन । शासन ब्यवस्थाका सवालमा गर्न सकिने अनेक काम सरकारले गर्न सकेको छैन, सेवा प्रवाहको स्तर घटेको छ, मन्त्री र सचिवहरुको समय कोठे गन्थनले खाएको छ । कालो बजारियाका मनोवल सरकारले भाँच्न सकेको छैन । रसुवागढी पुग्ने सडक नेपाली सेना र स्थानीय जनताको ब्यापक परिचालनबाट उन्नत बानउन सकिन्थ्यो, सकिन्छ, राष्ट्रिय महत्वका अन्य आयोजनामा युवा शक्ति परिचालन गर्न सकिन्थ्यो । प्रधानमन्त्री स्वयंले धेरै भेटघाट र झिना मसिना कार्यक्रम छोडेर सुशासन चिन्तन गरिदिए हुन्थ्यो ।  ओलीको स्थानमा अरु कोही भए कति तात्विक भिन्नता हुन्थ्यो भन्ने प्रश्न पनि छ । तर, प्रधानमन्त्रीको भारत र चीन भ्रमणपछि के भन्न सकिन्छ भने यो सरकारले लिएको मार्ग र दिशा ठीक छ । यसमा सुधार गर्दै अघि बढ्नुको विकल्प छैन ।  चीनसँगको पछिल्लो सम्झौता कार्यान्वयन हुँदै जाँदा नेपालको भविश्य सकारात्मक हुन्छ । लुम्बिनीसम्म रेल पुग्दा समग्र मधेसको कायापलट हुन्छ भने माथिल्लो अरुणको जलविद्युतले हाम्रो घरेलु आवश्यकता पूरा हुन्छ । यातायात र तेल सम्झौताले भारतमाथिको एकल निर्भरतालाई समाप्त पारिदिन्छ । अव यी सम्झौताको द्रुत कार्यान्वयनको बाटोमा सरकार लाग्नु पर्छ ।  हिमालय भन्दा दक्षिणको भाग स्वतः भारतीय सुरक्षा क्षेत्र हो भन्ने नेहरुकालीन अवधारणाबाट ती समाचार र विश्लेषणहरु प्रेरित छन् । यसबेला सावधानी पनि उत्तिकै जरुरी छ । भारत भ्रमणको बेला जसरी नै भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे लेखेका छन् । यो विरलै हुने घटना हो । भारतीय सञ्चार माध्यममा नेपालले हम्मेसी स्थान पाउँदैन । पाए पनि त्यसमा नकारात्मकता र द्वेष हाबी हुन्छ । भारतीय संस्थापनको असली चरित्र बुझ्न यसले मदत पनि गर्छ ।  अहिले त्यस्तै भएको छ । नेपालले चीनसँग गरेको पारबहन सन्धीलाई भारतका अखबारी बुद्धिजीवीले भारतीय चासोका विरुद्ध चालिएको कदमका रुपमा चित्रित गरिदिएका छन् । चीन यसै पनि भारतको रणनैतिक प्रतिस्पर्धी हो । दुई देशबीच ब्यापार त बढेको छ तर, आपसी अविश्वास मेटिएको छैन । त्यसैले नेपालले चीनसँग गर्ने हरेक सन्धी, सम्झौता र सम्बन्ध विस्तारलाई भारतले ‘चिनियाँ कार्ड’को घटिया आरोप लगाउन छोड्दैन ।  यही भारतीय मनोविज्ञानलाई बुझेर गत सोमबार प्रकाशित चीनियाँ अखबार ग्लोवल टाइम्समा आइ जुन लेख्छन्ः अब भारत ब्युँझनु पर्छ कि नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो, भारतको मौजा होइन । वास्तवमा चीनियाँ विश्लेषकहरुले भारतीय मनोदशालाई नेपालीले जस्तै र नेपालीकै आँखाबाट बुझेका रहेछन् । अझ अखबारको सोही अंकमा छापिएको कार्टुनले नेपाली र चीनियाँ प्रधानमन्त्रीले मित्रताको हात मिलाउँदै गर्दा कागती निचोरिएको जस्तो अनुहार लगाउँदै भारत टाढाबाट चियाउँदै गरेको चित्रण गरेको छ ।  ठ्याक्कै त्यो कार्टुन चित्रजस्तै, भारतबाट छापिने प्रत्येकजसो अखबारले नेपाल–चीन मित्रता र बढ्दो सहयोगलाई चिन्ताको विषय बनाएका छन् । हिमालय भन्दा दक्षिणको भाग स्वतः भारतीय सुरक्षा क्षेत्र हो भन्ने नेहरुकालीन अवधारणाबाट ती समाचार र विश्लेषणहरु प्रेरित छन् । भीडमा केवल इन्डियन एक्सप्रेस फरक देखिएको छ, जसले चीनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल–चीन भारत त्रीदेशीय साझेदारीको प्रस्ताव भारतका निम्ति पनि फाइदाजनक हुन सक्ने सम्पादकीय लेख्यो । यसै अखवारमा प्रख्यात विश्लेषक सी. राजामोहनले मात्र लेखे कि भारतले आत्तिन जरुरी छैन, नेपाल–चीन सहयोग भारतका निम्ति पनि सुखद नै हुनेछ ।  अर्काेतिर हरेक नेपाली मामिलामा भारतले ‘उँगली’ गर्नु पर्छ वा ‘टाङ अड्याइहाल्नु पर्छ’ भन्ने सोच राख्ने भारतीय विद्वानहरुले नेपाल–चीन सम्झौता केवल नेपालको ‘पोस्चरिङ’ हो र यसको ब्यवहारिक सम्भावना छैन छैन भनिदिए । त्यही मेसोमा नेपाल–चीन पारबहन सम्झौतालाई ‘अक्करमा फूलेको टिप्नै नसकिने सुनाखरी’ ठान्ने नेपाली बौद्धिक तप्का थपियो । यथार्थ चाहीँ के हो भने हिजो अक्कर मात्र थियो, पुग्न आवश्यक थिएन । आज केपी ओलीले  त्यो अक्करमा सुनाखरी फूलाईदिए । अब त्यहाँ पुग्न उनले केही खुट्किला थप्लान् । प्रगतिको सिंढी हरेक पिंढीले खुट्किला थप्दै गए मात्र तयार हुन्छ । ओलीपछिका सरकारको समेत अनवरत दायित्व हो यो । सुनाखरी फूलेपछि हरेकले टिप्न प्रयास गर्छन्, गर्नुपर्छ ।  तर, के अब केपी ओली सरकार रहला ? चीनसँग सम्बन्ध बढाएवापत राजालाई अघि सारेर दण्डित गरिएका बीपी बाँकी जीवनभर कालापानी खेदिए । उनको कार्यकाल लगभग साढे तीन वर्ष बाँकी थियो ।  आज राजा छैनन् । ‘माथिबाट’ केपी ओलीलाई फ्यांक्ने तागत छैन । ‘तल’ भने भारतले शिखण्डीहरु सिंगारेर राखेको छ । शिखण्डीहरु विभिन्न आवरण र रुपका छन्, बाहिरबाट देखिने चित्रमा तिनीहरु अनेक पेशा ब्यवसायका अगुवा किन नहोउन् । अव बैशाख लाग्नासाथ मादल बज्न थाल्नेछ र सडकमा नयाँ वितण्डा खडा गरिने सम्भावना छ । भारतीयको दृष्टिमा नेपाल र चीनबीच नहुनु पर्ने सम्झौता भइसक्यो । यसलाई ढिलो गर्न र ‘डाइल्युट’ गर्न उसका शिखण्डीहरुले मैदानमा ताण्डव गर्न सक्छन् । संसदीय खेलमा नयाँ नयाँ आविश्कारहरु हुन सक्छन् ।  भारतीय बुझाइको स्तर र शैली जेसुकै भए पनि नेपाल संबेदनशील हुन जरुरी छ । हामीले भन्न सक्नु पर्छ– नेपालको स्वतन्त्र ब्यक्तित्व भारत वा चीनको हित बिरुद्ध हुन सक्दैन । दुबैको जायज सुरक्षा चासोलाई हामीले सम्बोधन गर्न सक्नु पर्छ । नेपालको सुरक्षा चासोलाई दुबै छिमेकी समक्ष जोडदार रुपले उठाउनु पर्छ । हामीले प्रष्ट भन्न सक्नु पर्छः नेपाललाई चीनियाँ कार्ड खेलेको आरोप लगाउने भारत स्वयंले चीनियाँ कार्ड खेल्दैछ । चीनलाई देखाउँदै नेपाललाई तर्साउने खेल उसले बन्द गर्नु पर्छ । बीपी, राजा ज्ञानेन्द्रदेखि प्रचण्ड र केपी ओलीसम्म आइपुग्दा ब्यक्ति फेरिए तर, नेपालको स्वनिर्भरताको चाहना घटेको छैन, अझ सशक्त भएको छ । त्यसबेलाका बीपीले जस्तै अहिलेका केपीले त्यो चाहनालाई भब्य आवाज दिएका छन् ।

गजल

केही लेख्दिन भन्थे लेख्ने बनायौ🌹
सपना देख्दिन भन्थे देख्ने बनायौ🌹

आफ्नै सुरमा हिडेको म,तिम्रो त्यो🌹
बाटो छेक्दिन भन्थे छेक्ने बनायौ🌹

Wednesday, March 23, 2016

गजल💞💞

आज भोलि कसैको मन फेरियो💘
सुख पाएर होला वजन फेरियो💘

फुल्दैछ मुस्कान मुहारमा सानु💘
देख्दैछु तिम्रो त जीवन फेरियो💘

Monday, March 7, 2016

नारि

नारी
तिमि मेरि आमा जस्ती बन
उनले मरो कहिले कुभलो चाहिनन
उनले कहिले खराब बाटो  देखाइनन
उनले कहिले कठोर बन्न सिकाइनन
उनले जहिले सम्मान गर्न सिकाइन
उनले जहिले इज्जत गर्न सिकाइन
सबैलाइ माया के हो? सिकाइन

नारी
मेरि बहिनी जस्ती बन
उनले मलाइ हास्न सिकाइन
उनले मलाइ नाता गास्न सिकाइन
उनले मलाइ कोमल बन्न सिकाइन
उनले मलाइ माया गर्न सिकाइन
उनले रुन पनि सिकाइन
अझ समझदारीमा बाच्न सिकाइन

नारी
तिमि मेरि पृय जस्ती बन
कहिले एक्लो भएको महसुस हुन परेन
कहिले कमजोर छु भन्ने भान पारिनन
कहिले एकान्तमा रुन दिइनन
कहिले झगडा गरिनन
कहिले अनेक माग राखेर चित्त दुखाइनन
कहिले पराइ बनिनन

हो यस्तै नारी बन
दुख पनि तिमी साथमा हुदा दुर जाओस
सत्रु पनि तिमी छौ भनि डराओस
कहिले मुटुले भार नसोच्ने
तिमी नारी
मेरि आमा जस्ती
मेरि बहिनी जस्ती
मेरि जीवन संगिनी जस्ती
सीता जस्ती तिमी
भृकुटी जस्ती तिमी
मेरि नारी

तिमी मेरि नारि

Thursday, February 18, 2016

बास्तबमा सम्बन्ध मुटु 💕र आँखाको जस्तो हुनुपर्छ।
जब मुटु जलिरहेको हुन्छ नि त्यहि बेला आँखाबाट आँसु झर्छ।
सायद जलेको मुटु निभाउने प्रयास होला।💞
तिम्रो यादले मुटु जल्दै छ सानु🌹
 खै किन पाउ मेरो गल्दै छ सानू🌹

सधै कल्पना र सम्झना आउँछ र,
हो आफ्नै छायाले छल्दै छ सानू🌹

Wednesday, February 17, 2016

अरुले झै तारा दिन्छु भन्दिन म।💞
तिमिला सारा दिन्छु भन्दिन म।💞

भएको एउटा मुटु मात्र  न हो,💞
आशुको धारा दिन्छु भन्दिन म।।💞
सुखको मानो खान घर हुनेछ💞
एक अर्कामा सानू भर हुनेछ💞

हासे पनि रोए पनि सगै जिउदा,
नाम फरक तर एउटै थर हुनेछ💞 https://t.co/WNwV2P6tn2

Tuesday, February 16, 2016

उसले छड्के कुरा लेखेरै मारी हो🌹
हर रात सपनिमा देखेरै मारी हो 🌹

जीवन उकाली ओराली यात्रा भन्दै,
सङै हिडौ भन्दै बाटो छेकेरै मारी हो🌹
टुइटरमा अचेर दोहोरी बढि भो😍
सालिनता छैन फोहोरी बढी भो😍

बानी त्यस्तै वा लेख्न नआएर हो,
अरुको रचनाहरु चोरी बढी भो😍😍

Monday, February 15, 2016

🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बा को हातमा कहिल्यै गुलाब देखिएन।🌹
आमाको मायाको कुनै अभाब देखिएन।🌹
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
ठाक ठुक झगडा दिनहु पर्छ हो घरमा,🌹
तर नियतीमा कहिले खराब देखिएन।।🌹
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

Nepal

🌹
🌹🌹
🌹🌹🌹
🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹🌹
🌹
🌹🌹
🌹🌹🌹
🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹
🌹🌹🌹🌹🌹🌹🌹
🌹
🌹
🌹
🌹
🌹NEPAL🌹

🌹🌹गजल🌹🌹

साँचो माया भन्दा ठूलो धन नबनाउ💞
एउटा रूदा अर्को हाँस्ने मन नबनाउ💞

बिन्ती गर्छु साँच्चै तिमी ईश्वर हौ भने💞
उनीबिना बांच्नु पर्ने जिबन नबनाऊ💞