Tuesday, October 13, 2015

गजल

पराइले युद्ध सघाएर गयो,
कसैले चासो जगाएर गय़ो।

पसिना बगे विदेश भरि ,
बेर्थ रगत बगाएर गयो।

आशाका दिप बालेर हेर,
अस्मिता कतै भगाएर गयो।

बोलेका थिए हजारौ बोलि,
नपाई खानै अघाएर गयो।

छिमेकी सबै निन्द्रामा परे,
अर्कैको यान मगाएर गयो।




गजल

सक्छेउ भने माया किनेर त हेर,
कस्तो रैछ यो मन चिनेर त  हेर।

हजारौ चाहाना किन गर्छेउ तिमि,
सक्छेउ भने मुटु छिनेर त हेर।

किन आज बाहाना हजारौ  बनाइ,
म दिने छु साहारा विनेर त हेर।

कहिले पार्दिन भोको नाङ्गो हुन त,
त्यो मुटु भित्र माया गिनेर त हेर।


गजल

चुहिएछ छानो खर चाहियो, दिन्छौ सरकार भर चाहियो। कति दिन कुर्नु पर्छ अझै? एक गाँस र बस्न घर चाहियो।