Tuesday, October 13, 2015

गजल

पराइले युद्ध सघाएर गयो,
कसैले चासो जगाएर गय़ो।

पसिना बगे विदेश भरि ,
बेर्थ रगत बगाएर गयो।

आशाका दिप बालेर हेर,
अस्मिता कतै भगाएर गयो।

बोलेका थिए हजारौ बोलि,
नपाई खानै अघाएर गयो।

छिमेकी सबै निन्द्रामा परे,
अर्कैको यान मगाएर गयो।




No comments:

Post a Comment