बाबुराम सरकारको निर्णय नयाँ सरकारले उल्टाउनुपर्छः महत
बाबुराम सरकारले आगामी निर्वाचनलाई प्रभावित पार्ने गरी महत्वपूर्ण स्थानमा आफ्ना मान्छेलाई सरुवा बढुवा गरेको, कार्यकर्ता पोस्न स्वरोजगार कोषको नामबाट पैसा बाँडेको र निर्वाचनको लागि आर्थिक स्रोत जुटाउन मुलुकलाई दिर्घकालसम्म प्रभाव पार्ने गरी निर्णय गरेको दावी गर्दै आउँदो सरकारको पहिलो प्राथमिकता त्यस्तो निर्णयको खारेजी हुनु पर्ने दावी गर्नुभयो ।
रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा महतले डा. महतले बुढी गण्डकी र नरसिहगढ जलविद्युत आयोजनामा अध्यक्ष नियुक्ति, जाहाज खरिद, पोखरा विमानस्थल निर्माण, माथिल्लो त्रिशुलीको क्षमताबृद्धि, साना किसानले लिएको ३० हजार बराबरको ऋण मिनाहा जस्ता निर्णय बर्तमान सरकारको निर्वाचनलाई प्रभावित पार्ने गरी गरेको बताउनु भयो । उहाँले भन्नुभयो-’एमाओवादी नेतृत्वको सरकारले मनलाग्दी काम गरीहिडेको छ । यस्तो निर्णयलाई नयाँ बन्ने सरकारले उल्टाउनु पर्छ ।’
‘सर्वोच्चको फैसला मान्छौं’
कांग्रेस नेता महतले सर्वोच्चले गर्ने फैसला आफूहरुलाई स्विकार्य हुने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’सर्वोच्चले प्रधानन्यायधीशको नेतृत्व हुँदैन भन्यो भने हामीलाई मान्य हुन्छ । पहिला सर्वोच्चको यो विषयमा निर्णय आउनु पर्छ तर, प्रधानन्यायधीश प्रधानमन्त्री भए न्यायलयको काम भने छाड्नु पर्छ ।’
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार निर्माण गर्न राष्ट्रपतिबाट संवैधानिक बाधा अड्काउ फुकाउने र सर्वोच्च अदालतमा परेको रिटको फैसला हेर्ने काम बाँकी रहेको उहाँको भनाई छ ।
No comments:
Post a Comment