Friday, April 19, 2013

छातीको एक्सरे (Chest X-ray)

छातीको एक्सरे (Chest X-ray)

छातीको एक्सरे भनेको एउटा रेडियोलोजीकल जाँच हो, जसमा एक्सरे (एक प्रकारको विकिरणको प्रयोग गरी छाती र त्यसका भित्री अंगहरु मुटु, फोक्सो आदीको तस्वीर निकालिन्छ। यसमा एक्सरेको फिल्म एकातिर राखिन्छ र अर्कोतिरबाट एक्सरे मेसिनबाट एक्सरे विरामीको छातीमा पारिन्छ। यसरी शरीरबाट एक्सरे पार गर्दा शरीरका अंगहरुमा भएका तत्वहरुको प्रकृति अनुसार (हावा, पानी, रगत, हाड, मांशपेशी आदी ) ती अंगहरुमा एक्सरे विभिन्न मात्रामा सोसिन्छ र केहि मात्रामा ती अंगहरुलाई छेडेर एक्सरे फिल्ममा पर्छ। त्यसले गर्दा फिल्ममा ती अंगहरुको चित्र बन्छ, जसको आधारमा विभिन्न रोगहरु पत्ता लाग्नुका साथै तिनीहरुको उपचारमा पनि ठूलो मद्दत मिल्छ।

छातीको एक्सरेमा देखिने सेतो कालो छाँयाहरु के हुन्?
माथि भनिएझैं शरीरका विभिन्न अंगहरुमा भएका तत्वहरुको प्रकृतिले ती अंगहरुलाई एक्सरे विकिरणले कति मात्रामा छेड्छ भन्ने कुरा निर्धारण गर्छ। फोक्सो भए त्यसमा भएको हावालाई सबैभन्दा बढि छेडेर एक्सरेमा कालो देखिन्छ, त्यस्तै हाड भए थोरै मात्रामा मात्र छेडेर एक्सरेमा सेतो देखिने गर्छ। यसरी अंगहरुको घनत्व र एक्सरे विकिरणले ती अंगहरुलाई कति मात्रामा छेड्न सक्छ भन्ने आधारमा एक्सरेमा कालो सेतो चित्र बन्ने गर्छ।  

एक्सरे गर्दा ध्यान दिइने केहि कुराहरु
   १.      एक्सरे गर्दा छाती घाटीमा लगाएका धातुका गहना सामानहरु फुकाल्नुपर्छ। यसले एक्सरे विकिरणलाई छेकेर एक्सरे राम्रो नआउन सक्छ।
   २.      छातीको एक्सरे गर्दा साँस तानेर एकछिन रोकेर राख्नुपर्छ, यसो गर्दा फोक्सो फुल्छ र एक्सरेमा छातीका अंगहरुको विवरण राम्रोसँग देखिन्छ।

छातीको एक्सरे प्राय: गरेर PA/ Postero-anterior (एक्सरे विकिरण पछाडीबाट पठाउने र एक्सरेको फिल्म छाती अगाडी राख्ने) गरिन्छ। तर अवस्था अनुसारAP/ Antero-posterior (एक्सरे विकिरण अगाडिबाट पठाउने र एक्सरे फिल्म छाती पछाडी राख्ने), Lateral (छातीको दाँयाबाँया एक्सरेको विकिरण र फिल्म राख्ने) र अन्य तरिकाबाट पनि एक्सरे लिइन्छ।

छातीको एक्सरे गर्दा एक्सरॆ विकिरणको हानिकारक असर कति हुन्छ?
प्रत्येक पल्ट एक्सरे गर्दा न्यून मात्रामा एक्सरे विकिरण शरीरमा पार्ने गरिन्छ। यो करिब ०.१ mSv हुन्छ र यो हामीले प्राकृतिक रुपमा करिब १० दिनमा पाउने विकिरण बराबर हुन्छ। (हामीले प्राकृतिकरुपमा पनि पृथ्वीमा भएका रेडियोएक्टीभ पदार्थहरुबाट र बाहिरी ब्रम्हाण्डबाट विभिन्न प्रकारका विकिरणहरु न्यून मात्रामा पाइरहेका हुन्छौं।) तर सस्तो, छिटो, सरल र एकदमै उपयोगी जाँच भएकोलॆ सामान्य अवस्थामा एक्सरेको बेफाइदा भन्दा पनि फाइदा बढि हुन्छ र रोग र समस्याको पहिचान र उपचारका लागि यो उपयुक्त हुन्छ।

तर गर्भवती महिलाहरुमा एक्सरेको विकिरणले भ्रुणको विकासक्रममा असर गर्नसक्ने भएकोले अति आवश्यक अवस्थामा बाहेक अरु बेला यो जाँच गरिदैन। हुन त भ्रुणमा यसको असर देखिन आवश्यक विकिरणको मात्रा भन्दा साधारण एक्सरे जाँचहरुमा पर्ने विकिरण धेरै कम हुन्छ। भ्रुणमा असर देखिनको लागि ५०-३०० mSv रेडिएसनको आवश्यकता पर्छ भने साधारण छातीको एक्सरे गर्दा मात्र ०.१ mSv रेडिएसन शरीरमा पर्छ। Wikipedia का अनुसार ०.०६ mSvरेडिएसन शरीरमा पर्छ। साथै विकिरणको प्रभाव कति पर्ने, कस्तो पर्ने भन्ने कुरा गर्भवती महिलाको गर्भको उमेर (गर्भ कति हप्ताको भयो भन्नेमा पनि भर पर्छ। जस्तै- पहिलो २ हप्तामा ५० mSv सम्मको विकिरणले भ्रुणको मृत्यु हुनगइ गर्भपतन नै हुनसक्छ। गर्भको ८-१५ हप्तासम्म भ्रुणको विकास भैरहेको स्नायुप्रणाली विकिरणको हानिकारक असरको लागि सम्वेदनशील हुन्छ तर त्यस्तो असर देखिन करिब ३०० mSv विकिरणको आवश्यकता पर्छ। २० हप्तापछिको गर्भमा विकिरणको असर तपाईंहामीमा जस्तै हुन्छ र विकिरणको कारणले गर्भपतन हुने, जन्मदै अंगभंग भएर जन्मने जस्ता समस्याहरु हुदैंन।

छातीको एक्सरे किन गरिन्छ?
सामान्यतया निम्न लक्षणहरुका लागि छातीको एक्सरे गरिन्छ।
   १.      श्वास बढ्ने ज्वरो आउने भएमा,
   २.      लगातार खोकी लाग्ने, छाती दुख्ने, खकारमा रगत देखिने भएमा,
   ३.      छातीमा चोटपटक लागेमा  
निमोनिया, दमको रोग (COPD), क्षयरोग, फोक्सोको क्यान्सर, हार्ट फेलर(Heart Failure) अर्थात मुटुले काम नगरेको अवस्था आदी विभिन्न रोगहरुमा छातीको एक्सरेले रोगको पहिचान र उपचारमा आवश्यक सहयोग पुर्याउँछ।
दाहिने फोक्सोको निमोनिया (Right sided pneumonia)
देब्रे फोक्सोमा पानी जमेको अवस्था (Left Pleural effusion)

अन्त्यमा,
वैदेशिक रोजगारमा जाँदा गरिने स्वास्थ्य जाँचमा फेल भएका धेरैमा छातीको एक्सरेमा छातीमा दाग देखिएर फेल भएको र करिब एक हप्ता औषधी (प्राय:गरेर महंगो एन्टिवायटिक) खाएपछि ठिक भएको सुन्ने गरिन्छ। मेरो अनुभवमा विना अरु कुनै लक्षण छातीमा देखिने दागहरु एक हप्ते एन्टिवायटिकले निको हुने कमै हुन्छ। ती कि त सामान्य लिम्फ नोडहरु हुन्छन् कि त छातीका पुराना संक्रमणहरुले गर्दा भएको फाइब्रोसिस आदी हुन्छन्। जुनले या त सामान्य काम गर्नमा केहि असर गर्दैन या त ती साधारणतया एन्टिबायटिकले मात्र निको हुदैंन। साथै लक्षणहरु देखिएको छैन भने मात्र एक्सरेमा देखिएको दागको लागि औषधी खान लगाउनु कतिको उचित हुन्छ? हुन त कति रोगहरुमा जाँचमा मात्र खराबी देखिने तर लक्षण ढिलो देखिने हुन्छ तर ती भनेका फरक अवस्थाहरु हुन्।

त्यस्तै अर्को कुरा एकपटक निमोनिया भएपछि त्यसको दाग छातीमा पछिसम्म पनि रहिरहन्छ भन्ने जति आम मानिसमा विश्वास छ, त्यति यो कुरा सत्य चाँही होईन। निमोनिया ठिक भएपछि निमोनियाको एक्सरेमा देखिने दाग पनि विस्तारै हराएर जान्छ। बरु क्षयरोगको असर फोक्सोमा फाइब्रोसिस (Fibrosis),कोल्याप्स (Collapse) आदीको रुपमा सधैं रहिरहने गर्छ।

स्रोतहरु:

टाउको दुख्यो!! के गर्ने?

टाउको दुखाइ सँग लड्ने केही उपायहरु:

१. आफ्नो टाउको दुखाइको बारेमा लेख्ने 
कस्तो खालको दुखाइ हो, प्राय: कुन बेलामा शुरु हुन्छ, के खादा वा के गर्दा शुरु हुन्छ, शुरु हुनु अघी, शुरुभएपछी र निको भएपछी तपाईंलाई कस्तो महसुस हुन्छ, प्राय कती समयसम्म रहन्छ जस्ता कुराहरु तपाईंले टिप्नु भयो भने तपाईं उपचार गर्ने डाक्टरलाई र तपाईंलाई पनि टाउको दुखाइको कारण, प्रक्रिती, समाधान र बच्ने उपाय थाहा पाउन सजिलो हुन्छ।

२. निस्चित समयमा सुत्ने
अनिदो रहने, जुन बेला मन लाग्यो त्यही बेला सुत्ने, उठ्ने गर्नाले पनि धेरैलाई टाउको दुखिरहेको हुन्छ वा अरु कारण (जस्तै माइग्रेनको टाउको दुखाइ) बढाइरहेको हुन्छ। त्यसैले सकेसम्म निन्द्रा नफालौ, सधैं एकै समयमा सुत्ने र उठ्ने बानी गरौ।

३. नियमितरुपमा व्यायाम गर्ने
नियमितरुपमा व्यायाम गर्नाले शरीर स्फुर्त रहनाका साथै मन पनि चङ्गा रहन्छ। यस्ले शरीरमा इन्डोर्फिन नामक मस्तिस्कको प्राकृतिक पेनकिलर पनि उत्पादन गर्न मद्दत गर्छ। हफ्ताको ४-५ दिन करीब २०-३० मिनेट छिटोछिटो हिंड्नु (Brisk Walking) स्वास्थ्यकर हुन्छ।

४. मानसिक तनाव कम राख्ने
मानसिक तनाव सबैलाई पर्छ तर त्यससँग कसरी डिल गर्ने, समस्या कसरी समाधान गर्ने, आफुलाई कसरी कम तनाव पार्ने भन्ने उपायहरु हामीले जान्नुपर्छ। तनावको बेलामा आफ्ना रुचिका कामहरु जस्तै घुम्न जाने, साथीभाइसँग गफ गर्ने, म्युजिक सुन्ने, मुभी हेर्ने, रमाइला किताबहरु पढ्ने गर्न सकिन्छ। साथै ध्यान गर्ने, योगा गर्ने गर्नाले पनि तनावलाई धेरै कम गर्न सकिन्छ र टाउको दुखाइ पनि नियन्त्रण गर्न सकिन्छ।

५. चियाकफी, जाडरक्सी, चुरोट कम गर्ने
चियाकफी, जाडरक्सी, चुरोट आदीको अत्यधिक सेवनले माइग्रेन जस्ता टाउको दुखाइहरुलाई बढाउछ। त्यसैले त्यस्ता कुरा सकेसम्म कम गरेको नै बेस हुन्छ।

६. स्वस्थ खाना खाने
स्वस्थ खाना (भन्नाले हरियो सागसब्जी, फलफुल, पानी)को बढी मात्रामा सेवन गर्ने बानी गर्नुपर्छ। त्यस्को मतलब कोकफेन्टा, चाउचाउ, चिप्स जस्ता प्रोसेस्ड खानेकुरा खाँदै नखानु भनेको हैन, किनकी त्यो सम्भवै छैन, तर कम गरेको धेरै बेस। साथै बाहिर होटलका अनहाइजेनिक खानाहरु पनि सकेसम्म नखानु राम्रो। अनी खाना टाइममा खाने, भोको पेट नबस्ने गर्नाले पनि माइग्रेनको दुखाइले सताउन कम हुन्छ।

७. चिसोले टाउको सेक्ने
चिसोले सेक्नाले पनि दुखाइमा केही आराम गर्छ, त्यसैले चिसो पानीमा रुमाल भिजाएर टाउकोमा राख्नाले टाउको दुखाइमा आराम मिल्छ।

८. दुखाइको औषधी खाने
टाउको दुखाइ अती नै बढी छ, सहन नसकिने छ भने दुखाइका साधारण औषधीहरु जस्तै सिटामोल, सिटामोल र कोडिनको कम्बिनेसन (कोडोपार, डोलोपार आदी) खान हुन्छ। निम्स, ब्रुफेन जस्ता पेनकिलरको अत्यधिक सेवनले ग्यास्ट्राइटिस, किड्नीमा समस्या गर्न सक्छ। र टाउको दुखाइ पहिले भन्दा फरक, धेरै छ भने डाक्टरलाई देखाउनु बेस हुन्छ।

aternal Health: Millennium Development Goals and Nepal

Maternal Health: Millennium Development Goals and Nepal
Reduction in maternal mortality is one of the major goals of several recent international conferences and has been included in Millennium Development Goals (MDGs). Goal 5 of the MDGs targets at reducing the maternal mortality ratio by three-quarters, between 1990 and 2015.

The major indicators determined to evaluate the improvement in maternal health condition are: Decrease in maternal mortality ratio
Increase in the proportion of births attended by skilled health personnel.

More than half a million women die each year, and many suffers from life-long health and social problems as a consequence of complications during pregnancy and childbirth. The maternal mortality ratio (MMR) of Nepal is among the highest in the world. According to the Ministry of Health estimates, pregnancy-related complications kill over 4,500 women every year in Nepal with most of the deaths in rural areas where access to health services and health personnel are severely limited. The 1996 Nepal Family Health Survey revealed a MMR of 539 per 100,000 births. Human Development Report 2004 by the United Nations Development Program (UNDP) estimated the figure to be substantially higher at 740 per 100,000 births. However, the State of the World’s Children of 1998 published by UNICEF reported a MMR of 1,500 per 100,000 live births. It is thus very difficult to draw any conclusion regarding the trend of MMR in Nepal. But according to the UNICEF figures, it remains as one of the highest in south Asia.

Nepal’s initiative and status so far

Although the global initiative to reduce the maternal mortality and promoting safe motherhood practices started in mid-1980s, Nepal did not start safe motherhood national initiative till Cairo conference on population and development even though the country has one of the highest death rates. International pressure following the national health survey of 1996 forced the government of Nepal to take an initiation of a program of action. Nepal initiated Nepal’s Safe Motherhood Program in 1998. The program initiated with the objective to reduce maternal mortality focuses on increased access to family planning, essential obstetric care, essential neonatal care, comprehensive safe abortion services and skilled birth attendants.

Despite the governmental and non-governmental sectors initiative towards improvement of maternal health condition, Nepal still has not been able to attain significant reduction in maternal mortality.

According to the Nepal Demographic Health Survey 2001, one in two pregnant women receives antenatal care in Nepal, with 28% receiving care from doctor or nurse, midwife or auxiliary nurse midwife. In addition 11% receive care from a health assistant or auxiliary health worker, 3% receive care from a maternal and child health worker, and 6% receive care from village health worker. Most of the women who receive antenatal care get it at relatively late stage in their pregnancy and do not make the minimum recommended number of visits. Only one in ten women receives four antenatal care visits (considered as desirable no. of visits in the National Maternity Care Guidelines) during their entire pregnancy. Only one in ten (10%) women receives iron/folate supplements during pregnancy, and only 2% take them for more than three months.

In Nepal, approximately 80-90% of births take place at home, often attended by family members, sometimes by traditional birth attendant (TBA) and many without any attendant. Only 11% are attended by properly trained medical staff compared to the 2005 commitment of 80% birth attendants by skilled workers during a special session held by United Nations General Assembly in 1999 (known as ICPD +5). In absence of trained midwives, many women suffer from prolonged labor and complications caused by retained placenta. It has been estimated that 46% of maternal deaths is due to subsequent bleeding known as “postpartum hemorrhage”. In Nepal only 18.8% of women receive postpartum care. Maternal Mortality and Morbidity study (1998) conducted in three districts in Nepal (Kailali, Rupendehi, and Okhaldhunga) determined that the majority of women (67.4%), who died as a result of pregnancy, childbirth or postpartum period, were at home. Postpartum hemorrhage was determined as the leading cause of maternal death (46.3%), followed by obstructed labor (16.3%), eclampsia (14.3%) and puerperal sepsis (11.8%) in the same study.

Constraints

There is lot of implementation and operational constraints that has become a barrier towards the attainment of the goal. Programs regarding maternal health service have particularly focused on simply providing antenatal, child health and postnatal care rather than on quality care and extra care for women with obstetric complications. An issue regarding skilled birth attendants is also a major challenge.

Study done by Jahn et al. (2000) to assess the performance of maternal mortality care and its service components in Banke District in Nepal showed that the coverage of antenatal care was 28% of the district and skilled delivery care was 16%. Preventive activities in antenatal care were also partially implemented (only 17% receive effective iron supplementation). Little attention was provided in an individual counseling (average counseling was 1 minute per consultation). Furthermore, out of 41% of high risk pregnancies among antenatal attendees, only 15% received referral advices with follow-up in only 32%. Hospital deliveries accounted only 9.8% of total deliveries with wide urban-rural disparity (urban 36% vs. rural 4.5%).

What can be done?

An integrated approach that can improve antenatal, delivery and postpartum care together is very important to achieve effective and significant improvement in maternal health condition.

Various studies have shown better pregnancy and birth outcomes for the women who receive regular antenatal care starting first trimester of pregnancy. Periodic and regular visits with experienced health care providers such as midwife or physician can help women to monitor their pregnancy and seek advice. This can also help to detect and manage any signs of pregnancy complications. Routine maternal care and emergency treatment of complications during pregnancy, delivery and after birth; and postpartum and neonatal care, can prevent most of the maternal and infant deaths as well as improve maternal and child health.

Improvement in maternal health condition can be achieved only when skilled delivery services and quality obstetric care can be provided. To attain this, intervention should focus on skill development and quality training for the health workers and birth attendants, increase in quality antenatal and postpartum care, as well as continued supervision and evaluation. Interventions such as skilled attendance and institutional delivery should be targeted more on the poorest populations, where most of the delivery occurs at home including most maternal and neonatal mortality. Furthermore, in country like Nepal most of the deliveries if attended by birth attendants include traditional birth attendants. Thus capacity building and collaboration with these attendants can significantly improve maternal and neonatal mortality. In addition, community based interventions and awareness can further strengthen the improvement.

Nepal has still long way to achieve Millennium Development Goal of achieving 90% birth attendance by trained personnel and reduction in maternal mortality ratio to 200 per 100,000 births by 2015. Until and unless the above mentioned areas are improved, attainment of Millennium Development Goal is very difficult for Nepal.
निजामती सेवा ऐन, २०४९ लाई संशोधन गर्न बनेको अध्यादेश
प्रस्तावना ः निजामती सेवा ऐन, २०४९ लाई तत्काल संशोधन गर्न आवश्यक भएको र हाल व्यवस्थापिका–संसद नभएकोले, 
नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ ः (१) यस अध्यादेशको नाम “निजामती सेवा (तेस्रो संशोधन) अध्यादेश, २०६९” रहेको छ ।
(२) यो अध्यादेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. निजामती सेवा ऐन, २०४९ को दफा ७ मा संशोधन ः निजामती सेवा ऐन, २०४९ (यसपछि “मूल ऐन” भनिएको) को दफा ७ को,–
(१) उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ ः–
“(१) निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा दफा १९ को उपदफा (२) बमोजिम र देहायको पद देहाय बमोजिम पूर्ति गरिनेछ ः–

पद
खुल्ला प्रतियोगिताद्वारा वढुवाद्वारा
कार्यक्षमताको मूल्याङ्कनद्वारा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा
(क) श्रेणी विहिन÷ राजपत्र अनङ्कित पाँचौं १००% – – –
(ख) राजपत्र अनङ्कित चतुर्थ श्रेणी – – – –
(ग) राजपत्र अनङ्कित तृतीय श्रेणी – – – –
(घ) राजपत्र अनङ्कित द्वितीय श्रेणी ७०% – २०% १०%
(ङ) राजपत्र अनङ्कित प्रथम श्रेणी ४०% २०% – ४०%
(च) राजपत्राङ्कित तृतीय श्रेणी ७०% – – ३०%
(छ) राजपत्राङ्कित द्वितीय श्रेणी १०% ३५% २०% ३५%
(ज) राजपत्राङ्कित प्रथम श्रेणी १०% ३५% २०% ३५%
(२) उपदफा (१) पछि देहायका उपदफा (१क) र (१ख) थपिएका छन् ः–
“(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा रिक्त पद देहाय बमोजिम पूर्ति गरिनेछ ः–
(क) जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि छुट्याईएको सबै वा केही पदमा संभाव्य उम्मेदवार नभई पद पूर्ति हुन नसक्ने भएमा जुन वर्षको लागि त्यस्तो पद छुट्याइएको हो सोही वर्षको त्यस्तो पद कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाद्वारा,
तर उपदफा (१) को खण्ड (च) मा उल्लिखित राजपत्राङ्कित तृतीय श्रेणीको पदमा जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि संभाव्य उम्मेदवार नभई सबै वा केही पद पूर्ति हुन नसक्ने भएमा त्यस्तो पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ ।
(ख) कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि छुट्याइएको सबै वा केही पदमा सम्भाव्य उम्मेदवार नभई पद पूर्ति हुन नसक्ने भएमा जुन वर्षको लागि त्यस्तो पद छुट्याइएको हो सोही वर्षको त्यस्तो पद खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा ।
(ग) एक श्रेणी मुनिको पद नभएको सेवा समूह वा उपसमूहको पदमा रिक्त सबै पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिनेछ ।
(१ख) यस दफा बमोजिम पदपूर्तिको लागि पदसंख्या निर्धारण गरी लोक सेवा आयोगले विज्ञापन प्रकाशित गर्नेछ ।”
(३) उपदफा (१०) मा रहेका ‘सोही वर्ष’ भन्ने शब्दहरुको सट्टा ‘अर्को वर्ष’ भन्ने शब्दहरु राखिएका छन् ।
(४) उपदफा (१५) झिकिएको छ ।
(५) उपदफा (१६) पछि देहायको उपदफा (१६क) थपिएको छ ः–
“(१६क) उपदफा (१६) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि निकायमा आंशिक रुपमा काम गरेको अनुभव सो प्रयोजनको लागि गणना हुने छैन ।
स्पष्टीकरण ः यस उपदफाको प्रयोजनको लागि “आंशिक रुपमा काम गरेको” भन्नाले प्रति हप्ता चालीस घण्टा भन्दा कम समय गरेको कामलाई जनाउनेछ ।”
३. मूल ऐनको दफा १० मा संशोधन ः मूल ऐनको दफा १० को उपदफा (१) को खण्ड (ग) को प्रतिवन्धात्मक वाक्यांशको खण्ड (३) पछि देहायको खण्ड (४) थपिएको छ ः–
“(४) दफा ७ को उपदफा (८) बमोजिम तोकिएका अपाङ्गता भएका व्यक्तिहरु चालीस वर्षको उमेरसम्म उम्मेदवार हुन सक्नेछन् ।”
४. मूल ऐनको दफा १८ मा संशोधन ः मूल ऐनको दफा १८ को,–
(१) उपदफा (४) मा देहायको प्रतिवन्धात्मक वाक्यांश थपिएको छ ः–
“तर राजपत्र अनङ्कित पदमा लोक सेवा आयोग वा बढुवा समितिबाट सिफारिस भएको तथा राजपत्राङ्कित पदमा लोक सेवा आयोग वा बढुवा समितिको सिफारिसमा पहिलो पटक पदस्थापन भएको कार्यालयमा उपदफा (३) बमोजिमको अवधि नपुगी कुनै पनि कर्मचारीको सरुवा हुने छैन ।”
(२) उपदफा (७) मा रहेको “दश” भन्ने शव्दको सट्टा “सात” भन्ने शव्द राखी सो उपदफामा देहायको प्रतिवन्धात्मक वाक्यांश थपिएको छ ः–
“तर राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा सिफारिस भएको कर्मचारीले सिफारिस भएको कार्यालयमा उपदफा (३) बमोजिमको अवधि सेवा गरेपछि सो विकास क्षेत्रभित्र सरुवा हुन सक्नेछ ।”
(३) उपदफा (११) को सट्टा देहायको उपदफा (११) राखिएको छ ः–
“(११) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (ग), (घ) वा (ङ) को अवस्थामा बाहेक सम्बन्धित कर्मचारी आफैले स्वेच्छाले निवेदन नदिई राजपत्र अनङ्कित वा श्रेणीविहीन कर्मचारीलाई उपदफा (३) बमोजिमको अवधि पूरा नभई सरुवा गरिने छैन ।”
५. मूल ऐनको दफा १८क. मा संशोधन ः मूल ऐनको दफा १८क. को,–
(१) उपदफा (२ग) पछि देहायको उपदफा (२घ) थपिएको छ ः–
“(२घ) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १८ को उपदफा (७) बमोजिम नियुक्ति भएको कर्मचारीलाई सो बमोजिमको अवधि पूरा नभए सम्म एक वर्षमा तीन महिना भन्दा बढी काजमा खटाइने छैन ।”
(२) उपदफा (३) मा रहेका “(२क) र (२ख)” भन्ने शव्दहरुको सट्टा “(२क), (२ख) र (२घ)” भन्ने शव्दहरु राखिएका छन् ।
६. मूल ऐनको दफा १९ मा संशोधन ः मूल ऐनको दफा १९ को उपदफा (२) को खण्ड (ख) को सट्टा देहायको खण्ड (ख) राखिएको छ ः–
“(ख) राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव वा सो सरहको पदमा भए ः–
(१) रिक्त पद मध्ये २० प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनमा औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेका र राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा सबैभन्दा बढी सेवा अवधि भएका सम्भाव्य उम्मेदवारलाई बढुवा समितिको सिफारिसमा नेपाल सरकारले बढुवा गर्नेछ ।
(२) रिक्त पद मध्ये ८० प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सम्भाव्य उम्मेदवारहरु मध्येबाट उपलब्ध भएसम्म रिक्त पदको तेब्बर संख्यामा बढुवा समितिले सिफारिस गरेका उम्मेदवारहरु मध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठह¥याएको उम्मेदवारलाई बढुवा गर्नेछ ।
(३) यस खण्ड बमोजिम बढुवा समितिले सिफारिस गर्दा पहिले उपखण्ड (१) बमोजिमको सिफारिस गरेपछि उपखण्ड (२) बमोजिमको सिफारिस गर्नेछ ।
(४) यस खण्ड बमोजिम पदपूर्तिको लागि लोक सेवा आयोगले पदसंख्या निर्धारण गर्नेछ ।”
७. मूल ऐनको दफा २४घ. मा संशोधन ः मूल ऐनको दफा २४घ. को उपदफा (१) को सट्टा देहायको उपदफा (१) राखिएको छ ः–
“(१) निजामती कर्मचारीहरुलाई शैक्षिक योग्यताको अङ्क दिँदा निजामती सेवाको कुनै पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता बापत एकमुष्ठ नौ अङ्क र सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा, समूह वा उप–समूहसँग सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधि बापत एकमुष्ट तीन अङ्क दिइनेछ । सेवा प्रवेश गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक उपाधि मात्र पाएको अवस्थामा पनि सोही बराबरको दुवै अङ्क दिइनेछ ।”
८. मूल ऐनमा दफा २४घ१क. र २४घ१ख. थप ः मूल ऐनको दफा २४घ१. पछि देहायका दफा २४घ१क. र २४घ१ख. थपिएका छन् ः–
“२४घ१क. जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको लागि सिफारिस गर्दा बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सबैभन्दा बढी सेवा अवधि भएका उम्मेदवारलाई देहाय बमोजिमको आधारमा बढुवाको सिफारिस गर्नेछ ः–
(क) बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा अवधि आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कनको औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेको,
(ख) राजपत्र अनङ्कित प्रथम श्रेणीको पदको लागि कम्तीमा एस. एल. सी. वा सो सरहको शैक्षिक योग्यता भएको,
(ग) राजपत्राङ्कित पदको लागि देहाय बमोजिमको योग्यता भएको ः–
(१) राजपत्राङ्कित द्वितीय श्रेणी वा सो भन्दा माथिको पदको लागि सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो सरहको तथा राजपत्राङ्कित तृतीय श्रेणीको पदको लागि सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्यता भएको,
(२) बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा एक महिना वा सोभन्दा बढीको सेवाकालीन तालीम लिएको,
(३) हाल बहाल रहेको श्रेणीमा भौगोलिक क्षेत्रमा काम गरे बापत दफा २४ग. बमोजिम पूरा अङ्क प्राप्त गरेको ।
तर भौगोलिक क्षेत्रमा काम गरे बापत पूरा अङ्क प्राप्त गरेको संभाव्य उम्मेदवार नभएमा वा छुट्याइएको रिक्त पदमा सम्भाव्य उम्मेदवार नपुग हुने अवस्था भएमा त्यस्तो पदमा भौगोलिक क्षेत्रमा काम गरे बापत पूरा अङ्क प्राप्त नगरेको कर्मचारीलाई पनि सम्भाव्य उम्मेदवार कायम गरी बढुवा गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा समितिले दफा ७ को उपदफा (१) को खण्ड (घ) बमोजिमको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको लागि सिफारिस गर्दा देहायको आधारमा बढुवाको सिफारिस गर्नेछ ः–
(क) पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनको औसतमा पन्चानब्बे प्रतिशत वा सो भन्दा बढी अंक प्राप्त गरेको,
(ख) सम्बन्धित सेवा, समूह वा उपसमूहको राजपत्र अनङ्कित द्वितीय श्रेणीको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेको, र
(ग) श्रेणी विहिन पदमा वा राजपत्र अनङ्कित पाँचौं श्रेणीको पदमा आवद्ध भएका उम्मेदवारलाई श्रेणी विहिन पदमा गरेको सेवा अवधि समेत गणना गरी कम्तीमा कुल सेवा अवधि बीस वर्ष पूरा भएका उम्मेदवारहरु मध्ये सबैभन्दा बढी सेवा अवधि भएको ।
(३) उपदफा (१) को खण्ड (ग) को उपखण्ड (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमका सम्भाव्य उम्मेदवार बढुवा भएमा त्यस्तो कर्मचारीको जेष्ठता सोही उपदफा बमोजिम बढुवा हुने अन्य कर्मचारी भन्दा पछि हुने गरी कायम गरिनेछ ।
(४) यस दफा बमोजिम गरिने बढुवाको कारवाही सम्पन्न गरी सिफारिस गरेपछि कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाको सिफारिस गर्नु पर्नेछ ।
२४घ१ख. कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका कर्मचारीको समायोजन सम्बन्धी व्यवस्था ः (१) यो दफा प्रारम्भ हुनु भन्दा अघि कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका कर्मचारीहरुको समायोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले यो दफा प्रारम्भ भएको मितिले एक महिनाभित्र सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगमा पुल दरवन्दी सिर्जना गरी त्यसरी बढुवा भएका तथा हुने कर्मचारीहरुलाई त्यस्तो दरवन्दीमा समायोजन पदस्थापना गर्नेछ ।
(२) यो दफा प्रारम्भ हुनु भन्दा अगावै कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान भई बढुवा नियुक्ति पाउन बाँकी रहेको तथा यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान भई बढुवा हुने कर्मचारीहरुको समायोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगमा पुल दरवन्दी सिर्जना गरी त्यसरी बढुवा भएका तथा हुने कर्मचारीहरुलाई त्यस्तो दरवन्दीमा समायोजन पदस्थापन गर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यसरी बढुवा भएका तथा हुने कर्मचारीहरु निजामती सेवाको दरवन्दी नरहेको निकायमा कार्यरत रहेको भएमा त्यस्तो कर्मचारीको दरवन्दी भएको निकायमा पुल दरवन्दी सिर्जना गरी त्यस्तो दरवन्दीमा समायोजन पदस्थापन गर्नु पर्नेछ ।
(४) उपदफा (१), (२) र (३) बमोजिम समायोजन पदस्थापन भएपछि निजहरु बढुवा हुनु भन्दा अगाडि बहाल रहेको पद स्वतः खारेज हुनेछ ।
(५) उपदफा (१), (२) र (३) बमोजिम समायोजन पदस्थापन भएको दुई महिनाभित्र सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगले साविकको संगठन संरचना र दरवन्दीको पुनरावलोकन गरी कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका तथा हुने कर्मचारीहरुको समायोजनको लागि आवश्यक पर्ने दरवन्दीको स्तर उन्नति र थप दरवन्दीको यकिन गरी स्वीकृतिको लागि सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ । यसरी पठाइने विवरणमा साविकको दरवन्दी, कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएको तथा हुने कर्मचारीको विवरण तथा पुनःसंरचना गरी समायोजन गर्न सकिने दरवन्दीको विवरण खुलाइ पठाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको विवरण प्राप्त भए पछि सामान्य प्रशासन मन्त्रालयले सोको विश्लेषण गरी उपयुक्त ठहराएको दरवन्दी एक महिनाभित्र स्वीकृत गर्नेछ ।
(७) उपदफा (६) बमोजिम दरवन्दी स्वीकृत भएपछि संशोधित दरवन्दी विवरण निजामती कितावखानाबाट अद्यावधिक गराउनु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम निजामती कितावखानाबाट दरवन्दी विवरण अद्यावधिक भए पछि उपदफा (६) बमोजिम स्वीकृत भएको दरवन्दीमा सेवा, समूह तथा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले उपदफा (९) बमोजिम तयार गरिएको योग्यताक्रम सूची मध्ये माथिल्लो योग्यताक्रममा पर्ने कर्मचारीहरुको रुची तथा चाहनाको प्राथमिकताक्रम निर्धारण गर्न लगाई पदस्थापन गर्नेछ ।
(९) उपदफा (८) को प्रयोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले सम्बन्धित सेवा, समूह वा उपसमूहका कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका कर्मचारीहरुको योग्यताक्रम सूची तयार गरी राख्नु पर्नेछ । यसरी योग्यताक्रमको सूची तयार गर्दा देहायको आधारमा तयार गर्नु पर्नेछ ः–
(क) हाल बहाल रहेको श्रेणीको पदमा ज्येष्ठता लागू भएको मितिको आधारमा,
(ख) खण्ड (क) बमोजिम ज्येष्ठता नछुट्टिएमा एक श्रेणी मुनिको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित आधारबाट ज्येष्ठता नछुट्टिएमा एक श्रेणी मुनिको पदको लागि लोक सेवा आयोग वा बढुवा समितिको सिफारिसको योग्यताक्रमको आधारमा,
(घ) खण्ड (क), (ख) र (ग) बमोजिम ज्येष्ठता नछुट्टिएमा उमेरको ज्येष्ठताको आधारमा ।
(१०) उपदफा (८) बमोजिम पदस्थापन भएपछि त्यस्तो पुल दरवन्दी स्वतः खारेज हुनेछ ।
(११) यस अध्यादेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१), (२) र (३) बमोजिम पुल दरवन्दीमा रहेका कर्मचारीहरु उपदफा (८) बमोजिम पदस्थापन नभई अन्यत्र सरुवा हुने छैन ।
(१२) यस अध्यादेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (८) बमोजिम पदस्थापन भएको कार्यालयमा दफा १८ को उपदफा (३) बमोजिमको अवधि पूरा नभई कुनै पनि कर्मचारीलाई अन्यत्र सरुवा गरिने तथा काज खटाइने छैन ।
(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम हुने समायोजन पदस्थापनले यस दफा बमोजिम सिर्जना भएको पद बाहेक अन्य रिक्त पदमा दफा ७ को उपदफा (१) बमोजिम पदपूर्ति गर्ने व्यवस्थामा कुनै प्रतिकूल असर पु¥याउने छैन ।”
९. मूल ऐनमा दफा ३७क. थप ः मूल ऐनको दफा ३७ पछि देहायको दफा ३७क. थपिएको छ ः–
“३७क. सेवा अवधि गणना हुने ः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ को उपदफा (१४) बमोजिम स्थायी नियुक्ति पाएको निजामती कर्मचारीले यो दफा प्रारम्भ भएको मितिले साठी दिनभित्र निजले निजामती सेवाको स्थायी नियुक्ति लिनुभन्दा अघि गरेको विकास तर्पmको पदमा निरन्तर रुपमा गरेको सेवा अवधि जोडाउन निवेदन दिएमा त्यस्तो सेवा अवधिको शतप्रतिशत सेवा अवधि निवृत्तभरण वा उपदानको प्रयोजनको लागि हालको सेवा अवधिमा गणना गरिनेछ ।”
१०. खारेजी ः मूल ऐनको दफा २४घ१. खारेज गरिएको छ ।

१०. खारेजी ः मूल ऐनको दफा २४घ१. खारेज गरिएको छ

अयोध्या काण्ड

अयोध्या काण्ड
यस्तै हो सुन कर्मका वश हुँदा बस्तैन एक् ठाम् रही।
कस्तै कोही हवस् अवश्य करले जानू छ जहाँ गई ॥
कर्मैको फल भोग गर्छ दुनियाँ यै चित्तमा लेउ भाइ।
आमैले यहि बात् बुझी कन बिदा दीनू हवस् हामिलाइ ॥३६॥
यो बिन्ती गरि पाउमा जब प-या बीदा दिई मन् बुझाइ।
आँसु थाम्न कठिन् भयो र बहुतै रोइन् शरीरै रुझाइ ॥
आशीर्वाद वचन् समेत मिलि गयो तहाँ बिदा रामलाइ।
लक्ष्मणले पनि साथ जान्छु म भनी बिन्ती ग-या जानलाइ॥३७॥
लक्ष्मणलाइ हिंड लौ भन्या र रघुनाथ् सीता भयामा गया।
सीतालाइ तिमी ता घरै बस भनी पैल्हे त भन्दा भया॥
पङ्खा छत्र चमर् रहित प्रभु कनै देख्ता त शङ्कित भइन।
क्या कारण हुन गो भनी कन सिता हात् जोरि साम्ने भइन् ॥३८॥
शङ्कित जानकिलाइ देखो प्रभुले तीमी घरैमा यहाँ।
सासुको टहलै गरी कन रहू वर्षै त चौधै महाँ ॥
पीताको वचनै लिई सिर उपर् जन्छु म वन्मा प्रिये !
चौधै वर्ष बिताइ जल्दि म यहाँ फिर्न्या छु निश्चै श्रिये !॥३९॥
यस्ता बात् सुनी कन तहाँ सीताजि मूर्छा परिन्।
पैल्हे ज्योतिषिको कुरो सब कही छोड्दीन सेवा भनिन्॥
सीताका यति बात् सुन्या र खुसि भै साथै सिताजी लिया।
ब्राह्मण खूसि सदा रहुन् भनि तहाँ दौलत बहूतै दिया ॥
कौशल्याजि जहाँ थिइन् तहिं गई लक्ष्मणजिले बिन्ति लाइ।
माता मेरि पिछा भइन् भनि तहाँ सुम्प्या सुमित्राजिलाइ॥
येति काम् गरि रामका हुकुमले लक्ष्मण् तयारी भया।
सीता लक्ष्मण साथमा लि रघुनाथ् राजा भयामा गया॥
बीदा हून पिताजि थ्यैं जब सिता लक्ष्मण् लि राम्ज्यू गया।
यस्तो देखि असह्य भो र दुनियाँ शोक् गर्दा भया ॥
सिताराम् कन दुःख यो हुन गयो कैकेयि दुष्टै भई।
सीता आज कसोरि दुःख सहनिन् घोर् जङ्गलैमा गई॥
यो अन्याय भयो यहाँ त न बसौँ जाऔं प्रभूका सँगै।
राम्लाइ छोडि यहाँ कसो गरि बसौं बूझेन मन् ता नगै॥
यस्ता बात् गरि लोकले त बहुतै शोक् गर्न लाग्या भनि।
सब् विस्तार गरि वामदेव ऋषिले सब्लाइ बुझाया पनि ॥

हे लोक् हो ! अति गर्दछौ तिमी त शोक् यो शोक् ता छाडि द्यौ।
साक्षात् विष्णु इ हुन् भनेर मनले श्रिरामलाइ जानि ल्यौ॥
पृथ्विको सब भार् हरेर रघुनाथ् फिर्छन् इ जान्छन् कहाँ।
साँचा हुन् इ कुरा अवश्य तिमिले खेद् कीन मान्यौ यहाँ ॥
यस् बात्ले ऋषिले मनुष्यहरूको खुप् मन् बुझाई दिया।
पौंच्या राम् पनि कैकेयी र दशरथ जहाँ बस्याका थिया ॥
हे मातर ! वन जनलाइ अब ता आयौं जना तिन् चली।
बीदा जान मिलोस् म जन्छु वनमा रिस् राग् रती भर् न ली ॥
आग्या जान मिलोस् पिताजिकि पनि जन्छु सदा खुस् म छू।
दुख् पाउनन् कि भनी पिताजि कन शोक् मन्मा न लागोस कछू।
कैकेयी यति बात् सुनी खुसि भई वस्त्र पुराना दिइन।
लाया श्रिरघुनाथले ती कपडा सिताजिले ता लिइन॥
यस्तामा वस्त्र म लाउँ आज कसरी भन्न्या मनैमा धरी।
लज्जाले रघुनाथका मुख विषे हेरिन् कटाक्षै गरी ॥
श्रिरामले मुटुरा गरी ती कपडा हात्मा जसैता लिया।
त्यो देखि कन राज पत्निहरू सब् रोया तहाँ जो थिया॥

दुष्टे ! आज सिताजिलाइ किन यो वस्तर् पुराना दियौ।
यस् काम्ले जति छन् यहाँ इ सबको प्राण् खैंचि लियौ॥
कैकेयी सित कुरा वशिष्ठ गुरूले येती ग-याथ्या जसै।
बीदा भै रघुनाथ् चढ्या रथ विषे सम्पूर्ण रोया तसै॥

सीताराम् वनमा चल्या रथ चढी लक्षमण् गया साथमा।
वृक्षैका तलमा रह्या रघुपती घर् छोडि तेस रातमा॥
सुन्दर् एक् तमसा नदी तहिं थिइन् दुबै तिर् भरी।
आयो लस्कर राम्जिला सँग बस्यो खाली अयोध्या गरी॥

फिर्नन् ता रघुनाथ सँगै फिरियला जानन् चलौंला सँगै
राम्लइ छोडि यहाँ कसो गरि बसौं कहाँ बसौंला न गै
यस्ता सुर प्रभुले बुझी कन तहाँ युक्ती ग-या छल्नको
प्रातःकाल भयो झटपट् उठेर मन्-सुब् ग-या चल्नको

फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया।
फर्क्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया॥
यस् रित्ले दुनियाँ फिराइ सहरै श्रि राम् वनैमा गया।
गङ्गाका तिरमा पुगेर अब ता रथ् थाम भन्दा भया॥
सुन्दर वृक्ष थियो ठूलो तिर एक् शिंशपाको तहाँ।
दोस्रो वास् रघुनाथको तहिं भयो त्यै वृक्षका तल् महाँ ॥
फल् फुल् ली कन भेट्नलाइ गुहजी आया बडा हर्षले।
निर्मल शरीर भयो तसै बखतमा श्रीरामका स्पर्शले।
मेरो आज पवित्र घर् पनि हवस् ख्वामित् ! ग-याँ बिन्ति यो।
सेवक हूँ करुणानिधान् ! म कन होस् माया र मर्जी छ जो ॥
यो बिन्ती सुनि भन्दछन् प्रभु तहाँ सून्यौ सखे ! आज ता
वन्मा जान चल्याँ म जान्न घरमा याहीं रहन्छु म ता ॥

कौनै फल्फुल खानु छैन अरुले केही दिउन् ता पनि।
भन्न्या यो मनमा छ थाम्छु मनको आफ्नू प्रतिग्या भनी ॥
मेरै हौ तिमी राज्य जो छ उ पनि मेरै छ भन्दा भया।
बर्-को दूद घसी जटा मुकुट झैं पारेर बाँद्धा भया॥
जलपान् मात्र गरी सिता र रघुनाथ् कुश्का शयन्मा गया।
लक्ष्मण्का सँगमा रहि गुह पनि रात् भर् खडा भै रह्या ॥
सीताराम फगत् कुशासन विषे देख्या सुत्याको तहाँ।
साह्रै ग्लानि भयो बहुत् गुहजिको शोक् बढ्न गो मन् महाँ ॥
भन्छन् लक्ष्मणलाइ भाइ ! फजिति खुप् कैकेयीले दिइन्।
राजालाइ वशमा गरेर बहुतै हुर्मत प्रभूको लिइन ॥
लक्ष्मण् बात् सुनि भन्दछन् गुहजिका दिल भित्र ठंडा गरी।
लाग्या सुन्न पनि तहाँ गुहजिले तन् मन् वचन् धरी ॥
दाताको छ यहाँ इ दुःख सुखको फल् मिल्छ सब् कर्मको।
दिन्छन् भन्नु कुबुद्धि हो न भन यो नाश् हुन्छ सब् धर्मको ॥
कर्ता हूँ पनि भन्नु छैन अभिमान जन्ले न गर्नु कहीं।
कर्मैको फल भोग मिल्छ तिमिले यो बुझ्नु जाहीं तहीं॥

धीरा भै रहनु विपत्ति सहनु कस्तै परुन ता पजी।
कैल्है मोह विषे न पर्नु जनले माया छ संसार् भनी ॥
यस्तै बात् सुनि रात् बित्यो गुहजिका राम्का नजीक्मा रह्यो।
गङ्गा तर्न हुकुम भयो प्रभो प्रभुजिको ताहाँ उज्यालो भई ॥

फिर्दामा म पूजा अवश्य गरुँला सामग्रि ठूलो गरी।
गङ्गे ! आज म जान्छु घोर वनमा केवल् नमस्कार गरी॥
यस्तो बिन्ति गरी सिता पतितिका साथै चलिन् पार् तरी।
आग्याले घरमा फि-या गुह पनि भक्ती मनैमा धरी ॥

गङ्गा पार् तरि मिर्ग मारि पकुवा तारेर खाया तहाँ।
तेस्रो वास रघुनाथको तहिं भयो एक् वृक्षका तल् महाँ।
चौथो वास् रघुनाथको हुन गयो आश्रम भारद्वाजको।
राम्ज्यूको ऋषिले ग-या स्तुति तहाँ सुर् जानि काम्काजको ॥

पाँचौ दिन् ऋषिका कुमार् सँग लिया बाटो बताउन् भनी।
राम्ज्यूलाइ यमुनाजि तारि ती कुमार साँझ्मा त फर्क्या पनी॥
सीताराम् पनि चित्रकुट पुगि गया वाल्मीकि बस्थ्या जहाँ।
वाल्मीकी कन दण्डवत गरि बहुत् आनन्द मान्या तहाँ ॥

ल्मिकी कन भन्दछन् रघुपती क्यै दिन् रहन्छू यहाँ।
कुन् जग्गा बढिया छ सब् तरहले होला सुविस्ता कहाँ ॥
सून्या वाल्मिकिले मनुष्य सरि भै राम्ले ग-याका कुरा।
सोही माफिक बिन्ति बात् पनि ग-या वाल्मीकि छन् झन् पुरा ॥
जान्दैनन् महिमा बड ऋषि पनि जस्का त एक् नामको।
यस्ता हौ रघुनाथ ! हजुर कन यहाँ क्या काम् असल् ठामको॥
सज्जन्का हृदयै छ घर् हजुरको अच्छा बहुत् फेर कहाँ।
विस्तार एक् सुनि बक्सनू पनि हवस् बिन्ती म गर्छू यहाँ
व्याधा हूँ म सप्तऋषिको निर्मल कृपाले गरी।
वाल्मीकी भनि नाम् चल्यो जब जप्याँ राम् नाम उल्टा गरी ॥
उल्टै कि ता छ यस्ति महिमा विस्तार धेर् क्या कहूँ।
गङ्गाका र इ चित्रकुट गिरिका बिच्मा जगमा रहू ॥

वाल्मीकी ऋषिका वचन् सुनि बहुत् खुस् भै जगन्नाथ् गया।
गङ्गाका र ती चित्रकूट गिरिका बिच् पारि बस्ता थिया॥
गङ्गा देखि सुमन्त्र फर्कि दशरथ जहाँ बस्याका थिया।
ताहाँ जल्दि गयेर जो छ समाचार् बिल्कुल् सुनाई दिया॥

बर्को दूद घसी जटा मुकुट झै बाँध्या दुबै भाइले।
फिर् लौ जा भनि यो हुकुम् ताहिं दिया राम्ले सिता माइले ॥
गङ्गा पार् रघुनाथ् गया नजरले हेर्दा कठिन् भो तहाँ।
छोड्याँ देख्न जसै रूँदै रथ लिई दौडेर आयाँ यहाँ ॥

सेवा बिन्ति गरेस् भनी हुकुम भो लक्ष्मण् सितारामको
हाम्रो शोक् रति भर् कदापि न गरुन् हूँदैन शोक् कामको
यस्ता बात् गरि राम् गया भनि सबै विस्तार् सुनाया जसै।
कौशल्या दशरथ्जिलाइ रिसले बाग्बाण् बजारिन् तसै ॥
वाक्शर्-ले अति ताप् भयो र दशरथ् भन्छन् मलाई कती।
भन्छ्यौ मर्न बखत् यसै हुन गयो छाड्यो शरीरले गती॥
ऐल्हे मर्छु सराप् पनि छ तिमिले खुप् पुत्रशोक्ले गरी।
जस्तै हामी मर्यौं उसै गरो म-या ठूलो विपत्ती परी ॥

येती एक तपस्विले अघि सराप् जो दी गयाथ्या मरी।
तिन्का तेहि सरापको फल मिल्यो ठिक् आज उस्तै परी॥
सब् बिस्तार सरापको कहि सकी हा राम ! सीता ! गरी।
प्राणैत्याग दशरथ्जिले जब ग-या खल्-बल् प-यो तेस् घरी ॥
प्रातःकाल भयो वशिष्ठ गुरू झट् मन्त्री लि दर्-बार् गया।
तेल्-मा ती दशरथ्जिलाइ धरि फेर् छोरा झिकाई लिया॥
चाँडै आउनको वशिष्ठ गुरूको आग्या छ भन्या सुनी
दूतैका सँग लागि भाइ कन ली आया भरत्-जी पनी।

कैकेयी सित भेट् भयो भरतको सोध्या पिता छन् कहाँ।
सब् बृतान्त गरी भरत् त सब् विसतार् सुनाइन् तहाँ ॥
सून्या शोक् मनमा प-यो भरतका साह्रै रिसाया पनि।
पापी हौ तिमी कुम्भिपाक् नरकमा भोग् गर्न जाउली भनी ॥
कैकेयी कन गालि दी कन तहाँ दुःखी बहूतै भया।
कौशल्याजि जहाँ थिइन् तहिं रूँदै धाउँदै भरत्जी गया।
हे मातर् ! मनमा कदापि न परोस् मत छैन मेरो रती।
पाप लागोस् कछु मत् भया गुरूजिलाइ काटेर मा-या जती

बिन्ती यो गरि दुःखमा परि विलाप् गर्थ्या भरत्-जी तहाँ
मन्त्रीवर्ग समेत वशिष्ठ गुरूजी पौंच्या नजीक्मा तहाँ
देख्या शोक भरत्जिको र गुरूले पीता बित्याछन् भनी।
शोक् गर्नू बढिया त छैन किन शोक् गर्छौ महाराज् ! भनी ॥
नाना तत्त्व कही तहाँ भरतको सब् शोक् गुरूले ह-या।
सब् आग्या गुरूको लिई भरतले काम्काज् पिताको ग-या
राजाको किरिया जसै गरि सक्या दान्को असङ्ख्यै गरी
तेस् बिच्मा मनले विचार् भरतले राख्या बहुत् शोक् गरी

माता मेरि त राक्षसी सरि भइन् इन्का नजीक्मा यहाँ।
बस्नु योग्य अवश्य छैन अब ता जान्छू प्रभू छन् जहाँ॥
यस्तो चित्त थियो तहाँ भरतको इन्को छ यो मन् भनी।
मालुम् ता गुरूमा थियो तर पनि भन्छन् उचित् हो भनी ॥

बाबको छ हुकुम् यहाँ भरतले राज् गर्नु राम्ले गई।
चौधै बर्ष तलक् बसुन् वन विषे मानो मुनीश्वर भई॥
सीताराम् यहि बातले बन गया याहाँ हजुरले पनी।
गादी चढ्नु हवस् हुकुम् दिनु हवस् यो राज्य मेरो भनी ॥

यस्तो बिन्ति गरी वशिष्ठ गुरू चुप् जस्सै रह्याथ्या तहाँ।
उत्तर् जल्दि दिया तहाँ भरतले क्या गर्छु यो राज् यहाँ॥
कीर्तीमा अपकीर्ति पारि कासरी राज् गर्नु यहाँ बसी।
दाज्यूको टहलै गरी सँग रह्या लक्ष्मण् रह्याछन् जसी ॥
गया जाहाँ सीतापति म पनि जान्छू अब तहाँ।
फगत् एक् कैकेयी बसि रहुन् छोड्दछु यहाँ ॥
फलाहारी हुन्छू सिर भरि जटा धरि वनमा।
म भोलि जान्याछू हिंडि कन विचार् यै छ मनमा ॥

प्रभूको गादी हो प्रभु कन फिरायेर घरमा।
म गादी सुम्पन्छू किन म गरुँला राज्य करमा ॥
भरत्का यस्ता बात् सुनि कन सबै खुस् अति भया।
भरत् भोलि बेरै उठि कन सबेरै हिंडि गया ॥
सबै माता भ्राता गुरू सहित सब फौज ली।
फगत् सीताराम्का चरणतलमा चित्त पनि दी॥
भरत् गङ्गा पौंच्या गुहजि कन शङ्का हुन गयो।
ठुलो लस्कर देख्या न बुझि कन तार्नै डर भयो ॥

लडौंला नाउ खैंची भरत कपटी हुन् यदि भन्या।
भनी मन् भै लस्कर्-हरू तयार् हौ पनि भन्या ॥
ठुलो भित्री मत्लब् गरि कन गये बुझ्दछू भनी।
तहाँ भेटी राखी नजर तिर हे-या कछु पनी॥

जसै देख्या आँसू गह भरि धरी शोक् पनि गरी।
कहाँ मिल्छन् सीतापति म कन भन्दा घरि घरी ॥
जसै सिर् पाऊमा गरि ती गुहले ढोग् पनि दिया।
भरत्ले अङ्कमाल् गरूँ भनि उठाई कन लिया ॥

भरत्जीले सोध्या गुह सित सिताका पति यहाँ।
सुत्याको स्थल कुन् हो म कन जान्छू अब तहाँ ॥
गया विस्तार् पाई रघुपति सुत्याका शयनमा।
भरत्ले खेद् मान्या कुशशयन देखेर मनमा ॥

अहो ! मेरा खानिर् वन वन सिताजी पति सँगै।
कुशासन्मा सुत्छिन् न त यसरीसुत्थिन् अघि कतै॥
अहो ! धिक्कार् मेरी जनमजननी कैकेयि भइन्।
इनैले गर्दैमा पति सँग सिताजी वन गइन्॥
कहाँ छन् सितानाथ् कति पर गया भेट्तछु कहाँ।
छ केही मालुम् ता म कन कहु जान्छु अब तहाँ ॥
बताया जहाँ छन् भनि ती गुहले राम् कन पनी।
गुहैका सम्चर्-ले खुसि पनि भया भेट्तछु भनी॥

सब् विस्तार बताई ताहिं गुहले गङ्गाजि तारी दिया।
तहाँ देखि भरत् चली पुगि गया जहाँ भारद्वाज् थिया ॥
एक् दिन् ताहिं मुकाम् ग-या भरतले सम्मान ऋषिले ग-या।
बिल्कुल् सैन्य जती थिया भरतका मेज्मानिले छक् प-या॥
भोलि बेर सबेर लस्कर लिई बीदा ऋषि थ्यैं भया।
कैल्हे पुग्दछु चित्रकूट गिरिमा भन्दै भरत्जी गया॥
खुस् भै लस्कर चित्रकूट गिरिका पौच्या नजीक्मा जसै।
खोज्या ताहिं भरत्लजिले अघि गई डेरा प्रभूको तसै ॥
डेरा देखि भरत्जी जहिं नजीक् गया पाउका छाप देख्या।
श्रीराम्का पाउका छाप् चिह्नि कन खुसिले माथले ताहिं टेक्या ॥
भन्छन् धन्न्यै रह्याँछू सहज न मिल्न्या पाउको छाप देख्याँ।
ब्रह्माजीले न पाउनू छ त पनि सहजै माथले आज टेक्याँ ॥